नेभिगेशन
समाज

ताँजकोटको पुइमामा बोलेरो जीप दुर्घटनाः दुईको घट्नास्थलमै मृत्यु

सिमकोट । शनिबार दिउँसो साढे तीन बजे ताँजकोट गाउँपालिका–४ को पैमा खोला नजिक रहेको तीर्थसैना बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घट्नास्थलमै मृत्युभएको छ । लु १ ज २३४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा एक महिला र एक बालकको मृत्युभएको हो । बोलेरो जीपमा सवार अन्य पाँच जना बाच्न सफल भएका छन् ।

हुम्लाबाट नेपालगञ्जतर्फ जादैँ गरेको जीप शनिबार दिउँसो दुर्घटना हुँदा नेपालगञ्ज उपमहानगरपालीका वडा नम्बर २० घरभएकी ४९ वर्षिय बिष्नु परियार र चंखेली गाउँपालिका वडा नम्बर ६ पुमा गाउँका कलबहादुर बुढाका छोरा अन्दातजी ६ वर्षिय बालक अभिषेक बुढाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । मृतक बालक नेपालगञ्जमा रहेको मामा घर दशैँ मनाउन गएको बताइएको छ । 

गियरबस बिग्रीएर जीप रोकि राखेको अवस्थामा ब्याक भइ तीन सय मिटर तल खसेको बताइएको छ । मैला कवाडी प्रहरी चौकीका असइ गोपाल वलीको नेतृत्वमा ६ जना प्रहरी घट्नास्थलमा पुगेको बताइएको छ । मृतक परियार दशैँ मनाउनका लागि सदरमुकाम सिमकोटबाट घर गएको बताइएको छ । जहाजको टिकट नपाउँदा अधिकांस सरदमुकाममा विभिन्न व्यवसाय गर्दै आएका जिल्ला बाहिरका नागरीक पैदल भएर गाडी मार्फत दशैँ मनाउन आफ्नो घर तर्फ लागेका छन् ।  
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

सर्केगाड गाउँपालिका वडा नम्बर २ को लिप्ने खोलामा पुल निर्माणका लागि सांसद हर्क साम्पाङले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूले आवतजावतमा सहजता ल्याउन पुल निर्माणको...
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...