नेभिगेशन
समाज

सोढ दुई वर्षिय सरत रोकाया बालक बेपत्ता

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँको एक जना बालक चार दिनदेखि बेपत्ता भएका छन् । 

   १४ गते दिउँसो ३ बजेटबा साढे दुई वर्षिय बालक सरत रोकाया बेपत्ता भएको वडाध्यक्ष च्यांगा बोहराले बताउनुभयो । बुवा लोकेन्द्र रोकाया र आमा आइती रोकायाका छोरा बालक बेपत्ता भएका हुन् । घरबाटै बालक हराएको बताइएको छ । आमा, बुवा दिउँसो खाजा खान घरभित्र गएको समय बालक घरबाहिर खेल्दै गर्दा हराएको जानकारी प्राप्त भएको छ । राया गाउँबाट कारंगा जाने बाटोमा केही मानिसले बालक रुदैँ जादा देखेपछि घरफिर्ता हुन भनेपनि बालक घर फिर्ता नभएको बताइएको छ ।

    बालक हराएको समयदेखि राया गाउँका झण्डै चालीस, पचास जना मिलेर रातभर आसपासका क्षेत्रमा खोजतलास गरेपनि भेटाउन नसकिएको वडाध्यक्ष बोहराले बताउनुभयो । १४ गते रातीदेखि आजसम्म बालकको निरन्तर गाउँ आसपासका क्षेत्रमा खोजी कार्य भएपनि भेटाउन नसकिएको उहाँले बताउनुभयो । बालकको कसैले चोरी गरेको भनौ भने गाउँमा विरानो मान्छे कोही नभित्रीएको बताइएको छ । 

   हराएको विषयमा प्रहरी चौकीमा समेत खोजी कार्यका लागि जानकारी गराएको आफन्तले बताएका छन् । यदी कोही कसैले बालक भेटाएमा नजिकैको प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय लगायतमा खबर गर्न वडाध्यक्ष बोहराले आग्रह गर्नुभयो । चार दिनसम्म हराएका बालक खोजी गर्दा भेटाउन नसकेपछि पाउने आस मरिसकेको आमा, बुवाले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।