नेभिगेशन
समाज

गाउँलेको बिरोधले सिमकोट धारापोरी सडकको पहिरो पन्छाउन कठिन

सिमकोट । स्थानीयले बिरोध गरेपछि सिमकोट गाउँपालिका– ७ को धारापोरी गाउँका ठाडो ढुंगामा गएको सुख्खा पहिरो पन्छाउने कार्यमा अवरोध  भएको छ। 

सिमकोट ७ धारापोरीको चौगानफया गाउँका स्थानीयको विरोधको कारण सडकमा खसेको सुख्खा पहिरो पन्छाउन समस्या भएको हो।

पहिरो गएको स्थान ठाडो ढुंगाभन्दा माथि चौगानफा गाउँ रहेको र सो गाउँका स्थानीयले सडकमा खसेको सुक्खा पहिरो पन्छाउने कार्यमा अवरोध गरेको निर्माण कम्पनी दाप्चा आरएनका प्रतिनिधि सरोज रावतले बताए।

स्थानीय पहिरो पन्छाउदा गाउँलाई जोखिम हुने भन्दै त्यसको विरोध गरेका हुन। यसअघि निर्माण कम्पनीले दुई पटक सडकमा खसेको पहिरो पन्छाउने कार्य सुरु भए पनि माथिबाट पून पहिरो खस्ने क्रम जारी रहँदा रोकिएको थियो। अहिले पहिरो खस्न रोकिएपछि मर्मत गर्ने कार्य सुरु गर्ने तयारी गरेको बेला स्थानीयले विरोध जनाएपछि काम रोकिएको उनले बताए। सडक निर्माण गर्न अवरोध सृजना भएपछि स्थानीय सरकारले समेत पहल नगरेको उनले बताए।

उक्त सडकको निर्माण सम्पन्न गर्ने म्याद पुस मसान्तसम्म रहेको छ। स्थानीयले काम गर्न नदिएपछि समयमा काम सम्पन्न गर्न कठिन देखिएको छ।

यस सम्वन्धमा जिल्ला प्रशासनमा समेत कुरा पुगेको बताउँदै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले राष्ट्रिय राजमार्गको काम यसरी रोक्न नपाइने बताए।

रोकिएको काम अगाडि बढाउन पहल गर्नेसमेत उनने बताए। यसका लागि वडा र गाउँपालिकाले समेत पहल गर्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।