वैदेशीक रोजगारको लागि कुबेत पठाइएकी हुम्ला अदानचुली ५ की धनकौरी रावल९दर्शना० अलपत्रमा परेकी छन् । एकीकृत वैदेशीक रोजगार ब्यवसायी संगठन नेपाल काठमाडौले कुनै राम्रो कम्पनीमा काम लगाइदिने भन्दै कुबेत पठाइएकी रावललाई कम्पनीले कुनै एक घरमा दासको रुपमा काम गर्न लगाएपछि रुदै सामाजीक सञ्जालमा पुगेकी छन् ।
काठमाडौमा केही वर्ष अघिदेखी तरकारी खेती गर्दै आएका रावलका परिवारलाई वैदेशीक रोजगार कम्पनीले राम्रो काममा लगाइदिने भन्दै कुबेत पठाएको तर त्यहाँ कम्पनीमा काम नलगाइ कुनै घरको दास बनाए पछि उनि सामाजीक सञ्जाल फेसबुकमा आउन बाध्य भएकी हुँन् ।
उनका श्रीमान मंगले रावलका अनुसार सानै उमेरमा उनको टाउकोमा गम्भीर चोट लागेकाले उनलाई धेरै लामो समय काम गर्न नसक्ने भएकाले पनि उनलाई निकै समस्या भएको बताए ।
विदेश लैजादा कम्पनीले दिनको ८ घण्टा कम्पनीमा काम गर्ने गरी पठाउने आसपासन दिएको तर उक्त कम्पनीले १४ घण्टा सम्म निरन्तर काममा लगाई खान बस्न समेत घरबेटीले नदिए पछि अत्यन्तै समस्या भएको बताउनु भयो ।
जुन घरको घरबेटीले ४ दिन सम्म राम्रो गरे पनि पछिल्ला दिनहरुमा दिन प्रतिदिन कामको घण्टा बढाउदै बिभिन्न बाहानामा दुख दिने गरेको बताएकी हुँन उनका अनुसार आफुलाई न खान दिन्छ, न बस्न दिन्छ र न सुत्न दिन्छ आफुलाई फाँसी लगाएर मर्नु बाहेक बिकल्प नभएको भन्दै रुदै कराउदै सबैलाई सहयोग तथा उद्धारको अपिल समेत गरेकी छन् ।
उनि सानैमा टाउकोमा चोट लागेको भए पनि उनलाई विदेशमा पठाउन र म्यानपावर कम्पनीले आफ्नो फाइदाको लागि भए पनि स्वास्थ्य परिक्षण राम्रोसँग नगरी कागजको भरमा पास गरेर पठाएको पाइएको छ ।
पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...शनिबार, भदौ १, २०८१
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.