हुम्ला । जिल्लाको अदानचुली गाउँपालिकामा नयाँ प्रमुख प्रशासकिय अधिकृतलाई स्वागत गरिएको छ । जिल्लाका सबै स्थानिय संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यसअघिनै प्रमुख प्रशासकिय अधिकृत पठाए संगै अदानचुली गाउँपालिकाका लागि खटाईएका प्रमुख प्रशासकिय अधिकृत गिमन थापा मगरलाई स्वागत गरिएको हो ।
अधिकृत थापा गाउँपालिकामा पुगेर हाजिर गरे संगै उपाध्यक्ष कर्ण रोकायाले खाता लगाएर स्वागत गर्नु भएको छ । गाउँपालिका उपाध्यक्ष रोकायाले पालिकामा स्वागत गर्दै नातावाद कृपावाद नगरी नीति र बिधिमा रहेर आफ्नो कार्य निरन्तर अगाडि बढ्न शुभकामना दिनुभयो ।
हुम्लाका सात गाउँपालिकामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत खटाएको छ। जसमा दुई गाउँपालिकामा अब महिला प्रमुख प्रशासकीय अधिकृत हुने भएका छन्। भने सर्केगाड गाउपालिका लामा पुगेर हाजिर भइसक्नु भएको छ ।
जिल्लाका ७ मध्य ५ वटा गाउँपालिकाका कार्यकरी आईसकेको भए पनि अदानचुली,सर्केगाड र सिमकोट गाउँपालिकामा हाजिर भइसकेका छन ताँजाकोट गाउँपालिकामा सजना कार्की र खार्पुनाथ गाउँपालिकामा रमेश सुनुवार जिल्लामा आउन बाकी रहेको छन ।
यस्तै चंखेली गाउँपालिकामा सीताराम राईलाई खटाएको छ भने , नाम्खा गाउँपालिकामा शैलेशकिशोर चाम्लिङ राईलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाइएको छ दुबै जना जिल्लामा आएको भए पनि अहिले सम्म हाजिर नभएको पाईएको छ ।
पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...शनिबार, भदौ १, २०८१
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.