सिमकोट । हुम्लाको दक्षिणी क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको श्रीनगर स्वास्थ्य चौकीमा दुई दिन सम्मका लागि सञ्चालन भएको पुरुष स्थायी बन्ध्याकरण शिविर शनिबारबाटसंञ्चालन भएकोे छ । शनिबारदेखि आइतबार सम्म सञ्चालन हुने स्थायी बन्ध्याकरण शिविरमा एक दिनमा २० जना पुरुषले सेवा लिएका छन ।
३० वर्षदेखि माथिका ४५ वर्षसम्मका २० जना पुरुषले स्थायी बन्ध्याकरण गराएको स्वास्थ्य शाखा प्रमुख बिनोद बुढाले जानकारी दिनु भएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लाको आयोजनमा र अदानचुली गाउँपालिका स्वास्थ्य शाखाको समनयमा उक्त शिविर दुई दिनसम्म सञ्चालन भएको हुनेभएपनि एक दिनमा २० जनाले सेवा लिएका हुन ।
भोलीपनि शिबिर संञ्चालन हुने भएपछि २० जना लाइन रहेको पमुख बुढाले बताउनुभयो । स्वास्थ्य सेवा कार्यालयले आयोजना गरेको ‘एकिकृत जनस्वास्थ्य अभियान तथा विशेषज्ञ’ स्वास्थ्य शिविरका लागि जिल्ला अस्पतालबाट खटिएका डाक्टर कैलाश लामा, डाक्टर रोसन रावत सहित चार जना डाक्टरले उक्त शिविरमा सेवा दिएको बताउनुभयो ।
सन्तानको रहर पुगेका अदानचुलीका दम्पतीका लागि पुरुष बन्ध्याकरण शिविर सञ्चालन गरिएको हो । पछिल्लो समय ग्रामीण वस्तिहरुमा पुरुष बन्धायाकरण पनि एक विश्वासिलो माध्याम बन्दै गएको छ । स्थायी बन्ध्याकरण गरेपछि पुरुष कम्जोर हुने महिला दुब्लाउने हल्ला गाउँघरमा अझै रहेको पाइएको डाक्टर कैलाश लामाले बताउनु भएको छ ।
उक्त हल्लाको पछि लागेर भ्रममा नपर्न आग्रह गर्दै ग्रामीण वस्तिसम्म यो शिविर सञ्चालन गरिएको हो । जिल्लामा स्थायी बन्ध्याकरण गराउने पुरुषको भन्दा महिलाको संख्या बढी रहेको उहाँको भनाई रहेको छ । दक्षिणी क्षेत्रका सर्केगाड र चंखेली गाउँपालिकामा स्थायी बन्ध्याकरण शिविर सम्पन्न गरेको डाक्टर लामा सहितको टोली अदानचुली पछि ताँजाकोटमा जाने भएको छ ।
पुर्णिमाको केन्द्रीत गरी स्थानिय बजारमा नयाँ कपडा देखि दैनिक उपभोग्य सामानहरुको खोजी गर्नेले बजारमा चहल पहल बढेको छ । मेलाको व्यावस्थापन गर्न अदानचुली ५ र ताजाकोट ५ ले...शनिबार, भदौ १, २०८१
SoftNEP Add Ons
This feature is an add-on feature and can be implemented for additional fees.