नेभिगेशन
समाज

माटोको ढिस्कोले पुरिएर हुम्लाको ताँजकोटमा दुईको मृत्यु, एक घाइते 

सिमकोट । माटोको ढिस्कोले पुरिएर जिल्लाको ताँजकोट गाउँपालिकाका दुई जनाको ज्यान गएको छ ।

दशैंको अवसरमा घर लिपपोत गर्ने माटो खन्न गएका ताँजाकोट गाउँपालिका रोजगार शाखाका सहसंयोजक समेत रहेका प्राविधिक रामागाउँका ध्रुव शाही र सोही गाउँकी २४ वर्षिया मनसरा मल्लको ज्यान गएको स्वास्थ्य शाखा प्रमुख धनराज ढकालले जानकारी दिए । 

उनका अनुसार सँगै माटो लिन गएका  वडा नम्बर ३ रामा गाउँकै २६ वर्षका लालबहादुर शाही घाइते भएका छन् । उनको उपचारका लागि मैला स्वास्थ्य चौकीमा लगिएको छ ।

दशैको अवसरमा घर छिप्ने सेतो कमेरो माटो खन्ने क्रममा माटोको ढिस्को पुरिएर दुवैजनाको ज्यान गएको हो । 
ताँजकोट पालिकाको वडा नम्बर ३ रामाको औल स्थित सियाणी खोलामा भएको कमेरो माटोको खानीमा बिहानै कमेरो माटो लिन गएका बेला दुवैजनाको ढिस्को पुरिएर मृत्यु भएको छ । 
धेरै वर्षदेखि चाडबाडका अवसरमा कमेरो निकाल्दा ठूलो ओढार परेको ठाउँमा भित्र गएका बेला माथिबाटको ढिस्को पुरिदा शाही र मल्लको घटना स्थलमै ज्यान गएको ताँजकोट गाउँपालिकाले जनाएको छ । कमेरोको ओढारबाट भाग्ने क्रममा लालबहादुर शाही छोपिदा उनि घाइते भएका छन् । उनको तल्लो शरिरमा चोट लागेको बताइएको छ । 

रोजगार शाखाका सहसंयोजक शाहीले भर्खर बिहे गरेका । मृतक मध्ये रामा नैकालाकी मल्ल १२ कक्षामा अध्ययनरत हुन् । घरमा ६ वर्षको छोरा गरेकी मल्लको माइती घर मुगुको धैनमा रहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।