नेभिगेशन
समाज

सिमकोटको डाँडाफयामा निःशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न, १ सय ७५ जनाले लिए सेवा


सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकामा निशुल्क महिला स्वास्थ्य शिविर सम्पन्न भएको छ । सिमकोट गाउँपालिका वडा नम्बर सातमा रहेको डाडाँफया स्वास्थ्य चौकीमा भएको स्त्री रोग सम्बन्धी शिविरबाट १ सय ७५ जनाले सेवा लिएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले जानकारी दिनुभएको छ । सांग्रिला डेभलपमेन्ट बैक हुम्ला शाखाको आर्थिक सहयोग र सिमकोट गाउँपालिकाको आयोजनामा डाडाँफया स्वास्थ्य चौकीमा आज निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको भण्डारीले जानकारी दिनुभएको छ । 


उक्त शिविरमा महिलाको निशिल्क बिरामी जाँच, औषधी वितरण, पाठेघर सम्बन्धी सम्पुर्ण जाँच, स्तन सम्बन्धी रोगको जाँच तथा परामर्स सेवा, महिनावारी सम्बन्धी समस्याको परामर्श, आङ खस्ने रोगको जाँच तथा उपचार, सेतोपानी बग्ने समस्याको जाँच तथा उपचार, प्रजनन् स्वास्थ्य तथा परिवार नियोजन सेवा दिनुको साथै औषधी उपचार गरिएको संयोजक भण्डारीले जानकारी दिनुभएको छ ।

सिमकोट गाउँपालिका वडा नम्बर ४, ५, ६, ७ र ८ यसैगरी नाम्खा गाउँपालिका वडा नम्बर १ हेप्काका यो शिविरबाट सेवा लिएका छन ।  स्त्री रोग विशेषज्ञ डाक्टर सजिप्ता पन्तले उक्त सेवा दिनु भएको थियो । ग्रामीण क्षेत्रका महिलाहरुको बिशेष गरेर पाठेघर सम्बन्धी समस्या हुने हुदा विभिन्न संघ संस्थाले यस्ता खाले शिविर सञ्चालन गदै आएका छन । पछिल्लो समयमा हुम्लामा पाठेघर खस्ने, क्यान्सर हुने बिरामी महिलाको दर उच्च रुपमा बढेको पाइएको छ । यो शिविरले जिल्लाको सिमकोट गाउँपालिकाका महिलाको स्वास्थ्य अवस्थामा निकै नै राहत पुगेको महशुस गरेका छन ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
नेपाल पत्रकार महासंघ हुम्लाद्वारा सामूहिक गिरफ्तारीका लागि प्रदर्शनी

नेपाल पत्रकार महासंघ हुम्लाद्वारा सामूहिक गिरफ्तारीका लागि प्रदर्शनी

म्लामा पत्रकार महासंघको आयोजनामा सामुहिक गिरफ्तारीका लागी प्रदशन गरिएको छ । आज बिहान ११ बजे सिमकोट तल्लो बजारको धुपी रुखबाट र्याली निकाली जिल्ला प्रसासनको गेटमा कोण सभागरी नेपाल...
शिक्षाको सुधारमा रामदेव, आइतवार पनि नियमित पठनपाठन हुने ।

शिक्षाको सुधारमा रामदेव, आइतवार पनि नियमित पठनपाठन हुने ।

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेमा रहेको रामदेव माध्यमिक माध्यमिक विद्यालयले सार्वजनिक सार्वजनिक विदा आइतवारको दिनमा पनि नियमित पठनपाठन सञ्चालन सञ्चालन गर्ने भएको । पछिल्लो समय नेपाल सरकारले आइतवार सार्वजनिक...
खडिखेतमा झोलुङ्गे पुल निर्माण गर्न टोली भोली पुग्दै ।

खडिखेतमा झोलुङ्गे पुल निर्माण गर्न टोली भोली पुग्दै ।

सर्केगाड गाउँपालिका–२ र ६ को बीचमा पर्ने खडिखेतमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । लामो समयदेखि पुलको अभावमा जोखिमपूर्ण यात्रा गर्न बाध्य रिपगाउँवासीको समस्यालाई मध्यनजर गर्दै काँदुरी...
लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

सर्केगाड गाउँपालिका वडा नम्बर २ को लिप्ने खोलामा पुल निर्माणका लागि सांसद हर्क साम्पाङले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूले आवतजावतमा सहजता ल्याउन पुल निर्माणको...