नेभिगेशन
समाज

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

सिमकोट । कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश सरकारको उपस्थितिको अनुभूति हुने गरी विकास निर्माणका कामलाई प्रभावकारी बनाइने उहाँले बताउनुभएको हो।

आइतबार बिहान हुम्लाको सदरमुकाम सिमकोटमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री मल्लले हुम्लाका सातवटै स्थानीय तहलाई समेटेर समग्र विकासका योजना अघि बढाउने बताउनुभयो। मन्त्रालयका तर्फबाट आवश्यक पहल गर्ने र जिल्लाको विकासका लागि योजना निर्माणमा आफू केन्द्रित हुने उहाँले बताउनु भयो ।

हुम्ला भ्रमणमा आउनुभएका मन्त्री मल्ल र मन्त्रालयका सचिव रोसनी कुमारी श्रेष्ठ सहितको टोलीले सामाजिक विकास मन्त्रालयअन्तर्गतका कार्यालय, विकास आयोजना, शैक्षिक संस्था तथा स्वास्थ्य संस्थाहरूको स्थलगत अनुगमन तथा निरीक्षण गरेको छ । मन्त्रालयका नीति, कार्यक्रम तथा बजेट प्रभावकारी रूपमा कार्यान्वयन भए–नभएको सुनिश्चित गर्न र सञ्चालित आयोजनाको गुणस्तर मूल्याङ्कन गर्न अनुगमनलाई तीव्रता दिइएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा मन्त्रालयका सचिव रोसनी श्रेष्ठले बजेट तथा कार्यक्रमको कार्यान्वयन अवस्था र भौतिक प्रगतिको प्रत्यक्ष मूल्याङ्कन गर्नु अनुगमनको मुख्य उद्देश्य रहेको बताउनुभयो ।  सामाजिक सुरक्षा भत्ता वितरण, शैक्षिक छात्रवृत्ति, विद्यालयको शैक्षिक गुणस्तर सुधारलगायतका विषयमा सरोकारवालाबाट प्रत्यक्ष प्रतिक्रिया लिने कामसमेत भइरहेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी, निर्धारित समयभित्र आयोजना सम्पन्न नगर्ने निर्माण व्यवसायी तथा सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने र सचेत गराउने कार्य पनि अनुगमनका क्रममा गरिने सचिव श्रेष्ठले बताउनुभयो ।


आइतबार बिहान साढे सात बजे सिमकोटमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सामाजिक विकास कार्यालयका निमित्त कार्यालय प्रमुख दिपेन्द्र कुमार शाही, आयुर्वेद कार्यालयका प्रमुख डाक्टर चाहाना शर्मा, जिल्ला स्यास्थ्य सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख डाक्टर मंगला बुढासिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारी र नेकपा एमाले हुम्लाका अध्यक्ष ज्ञामी बुमी, उपाध्यक्ष प्रकाश बहादुर शाही जिल्लामा क्रियाशील पत्रकारहरूको सहभागिता रहेको थियो । मन्त्री तथा सचिवस्तरीय टोलीको अनुगमनले हुम्लामा सञ्चालित विकास आयोजना र सामाजिक क्षेत्रका कार्यक्रमको प्रभावकारिता बढाउनुका साथै बजेट कार्यान्वयनमा देखिएका समस्या पहिचान गरी समाधान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए ।