नेभिगेशन
समाज

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

सिमकोट । मुचु स्वास्थ्य चौकी नाम्खा गाउँपालिकाको उत्कृष्ट कार्य सम्पादन गर्ने स्वास्थ्य संस्था भएको छ । 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 

संयोजक लामाका अनुसार पालिकाका ६ वटै वडामा भएका स्वास्थ्य संस्थामध्ये मुचुले प्रतिवेदन र सेवाग्राहीलाई सेवा प्रदान गर्ने हिसाबले पनि निकै राम्रो गरेकाले गएको आर्थिक वर्ष उत्कृष्ट स्वास्थ्य संस्थाका रुपमा छनोट भएको हो । शाखाले आयोजना गरेको पालिकाको वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यशालाका अवसरमा मुचु स्वास्थ्य चौकी पुरस्कृत गरिएको स्वाथ्इ शाखाले जनाएको । 

कार्यशालमा नाम्खा गाउँपालिका अन्तरगतका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्ला, पालिका अन्तरगत संचालनमा रहेका संघ संस्थाहरुको सहभागिता र समन्वयमा सम्पन्न गरिएका कामहरुको समिक्षा समेत गरिएको बताइएको छ । 
 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।