नेभिगेशन
समाज

नेपाल पत्रकार महासंघ हुम्लाद्वारा सामूहिक गिरफ्तारीका लागि प्रदर्शनी


सिमकोट । हुम्लामा पत्रकार महासंघको आयोजनामा सामुहिक गिरफ्तारीका लागी प्रदशन गरिएको छ । आज बिहान ११ बजे सिमकोट तल्लो बजारको धुपी रुखबाट र्याली निकाली जिल्ला प्रसासनको गेटमा कोण सभागरी नेपाल पत्रकार महाँसंघ हुम्लाका अध्यक्ष राजन रावतले कार्यक्रम सम्पन्न गर्नुभएको हो ।

यसैगरी केन्द्रीय कार्यक्रम अनुसार कर्णाली प्रदेशका दश वटै जिल्लामा पत्रकार महासंघको आयोजनामा सामूहिक गिरफ्तारीका लागि प्रदर्शन गरिएको हो । वर्तमान सरकार प्रेसप्रति अनुदार रहेको निष्कर्ष निकाल्दै महासंघ हुम्लाले जिल्लामा बुधबार यो कार्यक्रम आयोजना गरेको हो ।
पत्रकारलाई सामूहिक गिरफ्तारका लागि पूर्ण प्रेस स्वतन्त्रता ग्यारेन्टी गर, प्रस्तावित प्रेश काउन्सिल विधेयक संशोधन गर, पत्रकाररिता क्षेत्रप्रति समान ब्यवहार गर, पूर्ण अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर, लोक कल्याणकारी विज्ञापनको ब्यवस्था गर, पत्रकारमाथिको धरपकड बन्द गरलगायत नारा भएका कार्ड बोकेर सदरमुकामा प्रदर्शन गरिएको महासंघ अध्यक्ष रावतले बताउनुभयो । 


कर्णालीका दश वटा जिल्ला हुम्ला, जुम्ला, मुगु, कालिकोट, डोल्पा, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र रुकुम पश्चिममा यो कार्यक्रम गरिएको हो । केही जिल्लामा बजारमा परिक्रमा गरिएको थियो भने केही जिल्लामा जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने कार्य गरिएको थियो । कार्यक्रम केन्द्रको भए पनि जिल्ला शाखाको आयोजनामा यो कार्यक्रम गरिएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
शिक्षाको सुधारमा रामदेव, आइतवार पनि नियमित पठनपाठन हुने ।

शिक्षाको सुधारमा रामदेव, आइतवार पनि नियमित पठनपाठन हुने ।

हुम्लाको सिमकोट गाउँपालिका–२ ठेहेमा रहेको रामदेव माध्यमिक माध्यमिक विद्यालयले सार्वजनिक सार्वजनिक विदा आइतवारको दिनमा पनि नियमित पठनपाठन सञ्चालन सञ्चालन गर्ने भएको । पछिल्लो समय नेपाल सरकारले आइतवार सार्वजनिक...
खडिखेतमा झोलुङ्गे पुल निर्माण गर्न टोली भोली पुग्दै ।

खडिखेतमा झोलुङ्गे पुल निर्माण गर्न टोली भोली पुग्दै ।

सर्केगाड गाउँपालिका–२ र ६ को बीचमा पर्ने खडिखेतमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । लामो समयदेखि पुलको अभावमा जोखिमपूर्ण यात्रा गर्न बाध्य रिपगाउँवासीको समस्यालाई मध्यनजर गर्दै काँदुरी...
लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

सर्केगाड गाउँपालिका वडा नम्बर २ को लिप्ने खोलामा पुल निर्माणका लागि सांसद हर्क साम्पाङले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूले आवतजावतमा सहजता ल्याउन पुल निर्माणको...
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...