नेभिगेशन
समाज

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

सिमकोट । चंखेली गाउँपलिकामा समुदाय आवश्यकता पहिचान र वाल संरक्षा सम्बन्धी एक दिने अभिमूखिकरण कार्यशाला सम्पन्न भएको छ । 

पालिकाका उपाध्यक्ष प्रेमकला शाहीको अध्यक्ष्तामा गुड नेवर्श इन्टरनेशन नेपाल र किर्डाक नेपालले संचालन गरेको एकिकृत सामुदायिक विकास परियोजनाको आयोजनामा उक्त कार्यक्रम पालिका केन्द्र पिप्लागंमा सम्पन्न भएको हो । 

पालिकाका पदाधिकारी, वडा अध्यक्ष, पािलकाका विभिन्न शाखाका प्रमुख विद्यालयका शिक्षक र अविभावकहरु सम्मीलित एक दिने वाल संरक्षण कार्यशाला र पहिरोजनाको आगामी पाँच वर्षे आवश्यकता पहिचान कार्यशाला सम्पन्न भएको किर्डाक नेपाल हुम्लाका संयोजक जनक बुढाले जानकारी दिनुभयो ।  

पालिका उपाध्यक्ष शाहीसहित वडा नम्बर १, २, ३ र ६ नम्बर वडाका वडा अध्यक्ष, प्रमुख प्रशासकीय अकिकृत र विभिन्न शाखा प्रमुखहरुको उपस्थित रहेको कार्यशालमा वाल संरक्ष्ण र यसको रिफरल संयन्त्रका बारेमा रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर नवराज महतारा र सामुदायिक आवश्यकता पहिचानका बारेमा सामुदायिक विकास परियोजनाका कार्यक्रम अधिकृत निर्मला बोहराले सहजिकरण गर्नु भएको बताइएको छ । 

बुढाका अनुसार कार्यशालामा प्रशिक्षक महताराले वाल अधिकार र वाल संरक्षणमा भएको नीतिगत व्यवस्था र पालिका स्तरमा गर्नुपर्ने नीतिगत तथा कार्यक्रमिक प्रावधानका बारेमा पालिकाका जनप्रतिनिधीलाई प्रष्ट पार्नुभयो । 

‘गाउँपालिकाले बाल संरक्षणका क्षेत्रमा गरेका काम, विद्यमान नेपालको संविधान र अन्य कानूनहरुले प्रत्याभूत गरेका बाल अधिकार, बाल संरक्षण र बाल सहभागिताका विषयमा सहजकर्ता महताराले पालिकाका जनप्रतिहरुलाई जानकारी गराउने काम गर्नुभयो’, जिल्ला संयोजक बुढाले थप्नुभयो’, ‘यसका अलावा वस्ती देखि वडा, वडादेखि पालिका र पालिका देखि माथिल्ला निकायहरुमा गरिने सिफारिस संयन्त्रका बारेमा समेत कानूनी र व्यवहारिक माध्यमका बारेमा समेत छलफल गराउने काम भएको छ ।’

सहभागी जनप्रतिधिहरुलाई पाँच समुहमा विभाजन गर्दै परियोजनाले आगामी पाँच वर्षका लागि गर्नुपर्ने कामका बारेमा आवश्यकता पहिचान समेत गरिएको छ । 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका अध्यक्ष तथा पालिका उपाध्यक्ष प्रेमकला शाहीले जानकारी दिनुभयो ।  

पालिकाको शिक्षाको गुणस्तर कायम गर्न तथा पालिककामा भएका बालबालिकाको संरक्षण गर्नका आगामी पाँच वर्षका लागि परिणाम निकाल्ने खालको कार्यक्रम सञ्चालन गर्न र आफूहरुले दिएका सुझावहरुलाई कार्यान्वयन गर्न उपाध्यक्ष शाहीले आग्रह गनुभयो ।

पालिकामा बालबालिकालाई विद्यालय स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न र कुपोषण लगायतका विभिन्न स्वास्थ्य सेवा प्रदान गर्न र शिविरहरु सञ्चालन गर्नतर्फ आगामी परियोजनाले विभिन्न गतिविधि समावेश गर्न चंखेली गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख शुरविर शाहीले बताउनुभयो ।

कार्यक्रममा उपाध्यक्ष शाहीसतिह वडा अध्यक्ष गोविन्दबहादुर बोहरा, वृर्षबहादुर सिंह, भारमल ऐडी, जयबहादुर शिरा, प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद आचार्य, स्वास्थ्य शाखा प्रमुख शुरविर शाही, शिक्षा शाखा प्रमुख उद्धिम धिताल, कृषी वसन्त भट्ट, प्राविधिक तथा विपत् शाखा प्रमुख ताराबहादुर कार्की, पिप्लाङ्ग प्रहरी चौकी असइलगायतको उपस्थित रहेको आयोजक किर्डाक नेपाल हुम्लाले जनाएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।