नेभिगेशन
समाज

खडिखेतमा झोलुङ्गे पुल निर्माण गर्न टोली भोली पुग्दै ।

सिमकोट ।  सर्केगाड गाउँपालिका–२ र ६ को बीचमा पर्ने खडिखेतमा झोलुङ्गे पुल निर्माण हुने भएको छ । लामो समयदेखि पुलको अभावमा जोखिमपूर्ण यात्रा गर्न बाध्य रिपगाउँवासीको समस्यालाई मध्यनजर गर्दै काँदुरी संस्था पोखराले उक्त स्थानमा झोलुङ्गे पुल निर्माण गर्ने भएको हो । पुल निर्माणका लागि आवश्यक अध्ययन तथा प्रारम्भिक प्रक्रिया अघि बढाउन काँदुरी संस्था पोखराबाट आठ जनाको प्राविधिक टोली भोलि खडिखेत पुग्ने भएको वडा नम्बर २ का अध्यक्ष सिद्ध कार्कीले रेडियो कर्णाली आवाजलाई जानकारी दिनुभएको छ ।


हालसम्म खडिखेतमा पुल नहुँदा रिपगाउँका स्थानीयवासीले नदी वारपार गर्न तुइनको सहारा लिनुपर्ने बाध्यता रहेको छ । विशेषगरी बालबालिका, महिला, गर्भवती, वृद्धवृद्धा तथा बिरामीलाई आवतजावत गर्न निकै कठिनाइ हुँदै आएको छ । राति अबेर यात्रा गर्नुपर्दा स्थानीयवासी थप जोखिममा पर्ने गरेका छन् । वडा नम्बर २ र ६ बीचको विवाद तथा आपसी असमझदारीका कारण यसअघि उक्त स्थानमा पुल निर्माण हुन सकेको थिएन । तर, पछिल्लो समय दुवै वडाका जनप्रतिनिधि तथा स्थानीयवासीबीच सहमति भएपछि पुल निर्माणको बाटो खुलेको हो । स्थानीयस्तरमा सहमति जुटेसँगै काँदुरी संस्थाले पुल निर्माणको प्रक्रिया अघि बढाएको हो । 


पुलको अभावमा विगतमा स्थानीयवासीका दैनिक उपभोग्य सामग्री तथा विकास निर्माणका लागि ल्याइएका लाखौँ मूल्यका सामग्री समेत नदीमा खस्ने गरेका थिए । तुइनबाट जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यताले स्थानीयको दैनिक जनजीवनसमेत प्रभावित हुँदै आएको थियो । खडिखेतमा झोलुङ्गे पुल निर्माण भएपछि सर्केगाड गाउँपालिका वडा नम्बर २ र ६ का स्थानीयवासीलाई आवतजावतमा सहजता हुने अपेक्षा गरिएको छ । विशेषगरी रिपगाउँका नागरिकलाई शिक्षा, स्वास्थ्य, व्यापार तथा अन्य आवश्यक सेवाका लागी पालिकाकेन्द्र सर्केगाड र सदरमुकाम सिमकोटमासम्म पुग्न सहज हुने भएको छ । वर्षौंदेखि पुलको प्रतीक्षामा रहेका स्थानीयवासीका लागि निर्माण प्रक्रिया अघि बढ्नु खुसीको विषय बनेको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

सर्केगाड गाउँपालिका वडा नम्बर २ को लिप्ने खोलामा पुल निर्माणका लागि सांसद हर्क साम्पाङले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूले आवतजावतमा सहजता ल्याउन पुल निर्माणको...
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...