नेभिगेशन
समाज

रसुवा बाढीः हुम्लाका चार जना सम्पर्क बिहीनः प्रदेश सरकारले पनि पहल थाल्ने

सिमकोट । रसुवाको भोटेकोशी बाढीमा हिमाली जिल्ला हुम्लाका चार जना सम्पर्क बिहिन बनेका छन्।  

बुधबार बिहान बाढी गएको जानकारी पाउने बित्तिकै आफन्तले मोवाइलमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन नसकेपछि उनिहरु सम्पर्क बिहिन बनेको उनिहरुका घरपरिवारले पुष्टी गरेका छन् । 

नेपाल चीन सिमा नाकाका रुपमा रहेको केरु मा काम गर्दै आएका कर्मचारी र केहि कामदार सम्पर्क बिहिन बनेको आफूहरुलाई समेत जानकारी आएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

‘घरपरिवारले दिएको जानकारी अनुसार अहिलेसम्म  ताँजाकोट गाउँपालिका– २ का नकुल शर्मा, ताँजकोट ३ बदेलचौरका धनराज जैसी, खार्पुनाथ गाउँपालिका– १ को गोक्पाका जनक बुढा र उहाँकी श्रमिति अनिता रावत सम्पर्क बिहिन भएका छन् भन्ने छ’, प्रहरी प्रमुख डिएसपी शंकर खड्काले भने, ’खोजि कार्यका लागि हामीले हाम्रो संयन्त्रबाट समेत खबर गरिसकेका छौं ।’

ताँजाकोटका शर्मा रसुवा भन्सार कार्यालयमा भन्सार अधिकृतको रुपमा त्यहाँ सरुवा भएर गएका थिए । शर्मा मंङ्गलवार रसुवा भन्सारमा पुगेर हाजिर भएका थिए । यसैगरि ताँजकोटकै जैसी रसुवा जिल्लाको टिमुरे गाउँमा बस्दै आएका थिए । उनि बुधबार बिहान ढ बजेदेखि परिवारसगँ सम्पर्क बिहिन भएका थिए । उता सम्पर्क बिहीन भएका अन्य खार्पुनाथका दुई जना जनक बुढा र उहाँकी श्रमिति अनिता रावत कामदारका रुपमा त्यहाँ गएका थिए । 

उनीहरु हाल रसुवाको टिमुरे सामान ढुवानीको काम गर्दै आएका थिए । उनका आफन्तले सम्पर्क बिहीन भएकाले खोजीका लागि घर पविारको तर्फबाट आग्रह गरिएको अनिताका भिनाजु सिमकोट ५ तल्लो गाउँका भिमबहादुर रोकायाले जानकारी दिए । 

‘रसुवाको उत्तरी सीमावर्ती क्षेत्र हुँदै आज बुधबार बिहान भोटेकोसी नदीमा अचानक आएको अत्यन्त ठुलो बाढीले टिमुरे, रसुवागढी तथा स्याफ्रुबेँसी क्षेत्रमा ठुलो क्षति र्पुयाएको खबरले अत्यन्त दुखी बनाएको छ’, सामाजिक सञ्जाल फेसवुकमा सार्वजनिक अपिल जारी गर्दै रोकायाले लेखेका छन्, ‘हुम्ला घर भई हाल रसुवाको टिमुरे बस्तीमा बस्दै आउनु भएका मेरो साली अनिता रावत, साढुभाई जनक बुढाको विहानबाट फोन सम्पर्क गर्दा मोवाईल अफ छ । साली र भाईको मोवाईल नंम्बर ९७४२८२२९८३ र ९८६८३११०२६ अहिले अफ छ । यदि कोही कसैको सम्पर्क आएमा मेरो मोवईल ९८४८३१८४४१, ९८४८३१६०७५ मा सम्पर्क गरिदिनहुन अनुरोध छ ।साथमा कविता बुढासहित उहाँकी छोरी पनि हुनुहुन्छ भन्न् खवर आयो ।’
 

खोजि कार्यका लागि प्रदेश सरकारले पहल थाल्ने 
प्रदेश सरकाररसुवागढी तथा तल्लो तटीय क्षेत्र भोटेकोशी नदीमा आएको भीषण बाढीबाट कर्णाली प्रदेशका नागरिकको खोजि कार्यका लागि जुट्ने कर्णाली प्रदेश सरकारले जनाएको छ ।

बाढीपछि केही कर्णालीवासी सम्पर्कविहीन भएको जानकारी प्राप्त भएसँगै उनीहरूको खोज तथा उद्धारका लागि प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय गर्न शुरु गरेको छ । 

कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार अपिलमार्फत सम्पर्कविहीन नागरिकको तत्काल खोज तथा उद्धारका लागि सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरी आवश्यक पहल भइरहेको बताए । 

बाढीबाट कर्णालीका नागरिकसमेत प्रभावित भएको घटनाप्रति प्रदेश सरकार गम्भीर र दुःखी रहेको शाहीले बताए ।  सम्पर्कविहीन कर्णालीवासीको अवस्था यकिन गरी तत्काल उद्धार गर्न सम्बन्धित निकायसँग समन्वय भइरहेको उनको भनाइ छ । 

मुख्यमन्त्री शाहीले विपद्को समयमा प्रभावित नागरिकको जीवन रक्षालाई पहिलो प्राथमिकतामा राख्न संघ, प्रदेश र स्थानीय सरकार तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई आग्रह गरेका छन्। उनले प्रभावितलाई तत्काल स्वास्थ्य उपचार, खाद्यान्न, सुरक्षित आवास, स्वच्छ खानेपानीलगायत अत्यावश्यक सेवा उपलब्ध गराउने बताएका छन् । 

कर्णाली प्रदेश सरकार विपद्बाट प्रभावित नागरिकको राहत तथा मानवीय सहायताका लागि संघ तथा अन्य प्रदेश र स्थानीय सरकारसँग समन्वय गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री शाहीले  निजी क्षेत्र, गैरसरकारी संस्था र नागरिक समाजलाई समेत प्रभावितको उद्धार तथा राहतमा सहकार्य गर्न उनले आग्रह गरेका छन् ।

भोटेकोशी बाढीबाट प्रभावित कर्णालीवासीको संख्या, उनीहरूको अवस्था र सम्पर्कविहीन हुनुको कारणबारे भने प्रदेश सरकारले हालसम्म विस्तृत विवरण सार्वजनिक गरेको छैन। प्रदेश सरकारले सम्बन्धित निकायसँगको समन्वयबाट उनीहरूको खोजी तथा अवस्थाबारे जानकारी लिने प्रक्रिया अघि बढाएको जनाएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए ।