नेभिगेशन
समाज

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

सिमकोट । रसुवाको बाढीमा परेर बेपत्ता भएका हुम्लाको ताँजकोट गाउँपालिका २ का नवकुल शर्मा मृत भेटिनु भएको छ । 

भन्सार कार्यालयमा भन्सार अधिकृतका रुपमा कार्य शर्मा भदौं १० गते बुधबार बिहान बाढी गएको समयदेखि सम्पर्क बिहिन अवस्थामा भेछिनु भएको हो । 

घर परिवार र जिल्ला प्रशासन कार्यालयले खोजि कार्यका लागि सबै तिर सूचना गरिएका शर्माको शव त्रिशुली नदी किनारमा भेटिएको उहाँका आफन्तले जानकारी दिनु भएको छ । 

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।

उहाँका अनुसार प्रादेशिक अस्पताल गोरखामा राखिएको शव हुम्लाको ताँजाकोट गाउँपालिका–२ कट्टेलगाउँ निवासी नरप्रसाद शर्माका छोरा नवकुल शर्माको भएको पुष्टि भएको हो । 

नदी किनारमा मृत अवस्थामा फेला परेको शवको शारीरिक बनावट, अनुहार, दाह्री तथा कपाल, हातको बुढीऔँलामा रहेको पुरानो खत र दाँतको बनावटलगायतका आधारमा हुम्लाका ३६ वर्षीय शर्माकै शव भएको पुष्टी भएको हो, सहायक प्रमुख जिल्ला अधिकारी शर्माले रेडियो कर्णाली आवाजसँग भन्नुभयो, पहिचान खुल्ने विभिन्न चिन्हका आधारमा उहाँको वश भएको सनाखत गरेर आफन्तलाई बुझाउने काम भैसकेको छ । 

पहिचान भएपछि जेठान नाता पर्ने जुम्लाको कनकासुन्दरी गाउँपालिका–८ सन्माल टोल निवासी ४१ वर्षीय गणेशप्रसाद सन्ज्यालसहितले शवको सनाखत गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । 

कानूनी प्रक्रिया पूरा गरेपछि सोमबार नै सन्ज्यालले शर्माको शव बुझेर एम्बुलेन्समार्फत काठमाडौं लगिएको छ ।
शर्माको पारिवारिक स्रोतका अनुसार काठमाडौंको पशुपती आर्यघाटमा धार्मीक विधिपुर्वक अन्त्यष्टी समेत गरिएको बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।