नेभिगेशन
समाज

कर्णालीमा आजपनि दशैंको टिका जमरा लगाइदैं ; सदरमुकाम सुनसान

सिमकोट । यस वर्षको दशैंको महत्वपूर्ण दिन बीजया दशमी अर्थात टिका सकिएपनि कर्णालीका अधिकांश वस्स्तीहरुमा टिका र जमरा लगाउने काम आजपनि जारी नैं ।

हिजो टिकाको दिन आफन्तकोमा जान नपाएका छोरी, चेली, भभान्जहरुले आज आप्mना मान्यजनको घरमा पुगेर टिका र जमरा लगाउने काम जारी रहेको जिल्लाका मुगुको शोरुकोट गाउँपालिका ३ गैरागाउँका पूर्ण बुढाले जानकारी दिए । 

‘हुम्ला, मुगु लगायतका कर्णालीका हिमाली जिल्लाको स्थानीय परम्परा अनुसार सानोले ठूलोकोमा गएर टिका र जमरा लगाउने, सानाले ठूलोबाट आश्रीवाद लिने प्रचलन अनुसार आज पनि जमरा र टिका लगाउने काम जारी नैं छ’, बुढाले  भने, ‘यो काम बीजय पुनी (पूर्णीमा)को दिनसम्म निरन्तर चलिरहन्छ । काम विशेषले टिकाको दिन जान नपाएका, टाढा भएकाहरु उक्त दिनसम्म पुगेर टिका र जमरा लगाउने गर्छन ।’ 

यो अवधीमा विशेषगरी आप्mनो गाउँभन्दा केहि टाढा भएका छोरी चेली, भ–भान्जहरु र अन्य आफन्तहरुले टिका र जमरा लगाउन काम गरिरहन्छन् । 

दशैंमा आप्mनो घर फर्केकाले टिका सकिएपनि कर्मथलोका रुपमा काम गर्दै आएको सदरमुकाम सिमकोट नफर्केपछि आज पनि सिमकोट सुनसान देखिएको छ । दशैको अवसरमा आ आफ्नो घर गएका सदरमुकाम सिमकोटमा बसोबास गर्दै आएका मानिसहरु नफर्केका कारण बजार सुनसान देखिएको हो ।

दसैँमा पहिलो पटक यसरी सिमकोट बजार सुनासान देखिएको सिमकोटमा रहेका व्याापरीहरुले बताउने गरेका छन् । दशैंको फूलपातीको दिनदेखि सिमकोट बजार यसरी सुनसान भएको हो । 
विगतका वर्षहरुमा यति धेरै सुनसान हुने नगरेको तथा यस वर्ष सिमकोटका धेरै पसलहरु बन्द रहेको र मानिसको चहल पहल पनि कम

भएको उनिहरुको भनाई छ । बजारका व्यवसायी, कर्मचारी, शिक्षक र विद्यार्थीहरू बडादसैँ मनाउन आ(आफ्ना घर गएको कारण सिमकोट बजार सुनसान देखिएको हो ।

सार्वजनिक विदा भएका कारण सिमकोटमा अवस्थित सरकारी र गैरसरकारी कार्यालय बन्द हुनु स्वभाविक भए पनि दशैंको समयमा व्यापारीक प्रयोजनका लागि सञ्चालनमा ल्याइएका अन्य पसलहरुपनि राम्रोसँग खुलेका छैनन् । 

घरको कामको चटारो, पशुवस्तु चराउन जानु पर्ने समस्याले टिकाको दिन जान नपाएकाहरु ऋाजदेखि पूर्णीमाको दिनसम्म जाने हुम्लाको अदानचुली ३ का लालु फडेराले जानकारी दिए । कार्तिकमा पाक्ने बाली लग्याउने (भत्र्यिाउने) चटारोका कारण दिनभर टिकाटालो गर्न सभ्याउने चेलुमेलु (छोरीचेली)हरु आजदेखि पूर्णीमाको दिनसम्म टिका र जमरा लगाउन जाने प्रचलन रहेको फडेराले बताए । 
 

 सदरमुकाम सिमकोट सुनसान 
दशैं मान्न गाउँ गएपछि हुम्लाको सिमकोट बजार चौथो दिनपनि सुनसान देखिएको छ । फाट्टफुट्ट केहि पसल खुलेपनि अधिकांश पसल बन्द भएपछि बजार सुनसान देखिएको हो । 

बजारका पसल बन्द हुनु र सिमकोटका स्थानीयलाई कार्तिके (कार्तिक महिनामा पाक्ने स्थानीय) बाली भित्र्याउने चटारो भएका कारण पनि बजार सुनसान जस्तो देखिएको सिमकोट माथिल्लो गाउँका स्थानीय मुकुन्द रोकायाले जानकारी दिनुभयो । 

Sunsan-Simkot-1728820924.jpg
 

बजारमा बस्ने कर्मचारीहरु दशैंमा आप्mनो घर गएकाले होटेलहरु बन्द भएका र पसलेहरु गाउँमा गएका कारण मानिसको आवातजावत नभएपछि सुनसान जस्तै देखिएको बताएका रोकायका अनुसार अबको केहि दिनमा घरबाट कर्मथलो जानेहरुको घुइचो लग्ने छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अस्थायी साधन अभावका कारण महिलाले रित्तो हातमा घर फर्कनु पर्ने बाध्यता

अस्थायी साधन अभावका कारण महिलाले रित्तो हातमा घर फर्कनु पर्ने बाध्यता

नियमित रूपमा प्रयोग गर्ने परिवार नियोजनको अस्थायी साधन डिपो सरकारी स्वास्थ्य चौकीमा पाइन छोडेको सिमकोट गाउँपालिका–२, ठेहे गाउँकी ल्वान्नी सुनारले बताउनुभयो । परिवार नियोजनका सबै खाले अस्थायी साधन...
सहिद परिवारलाई स्वागत तथा सम्मान गरी हुम्लामा ३१ औँ जनयुद्ध दिवस मनाइयो

सहिद परिवारलाई स्वागत तथा सम्मान गरी हुम्लामा ३१ औँ जनयुद्ध दिवस मनाइयो

आज ३१ औँ जनयुद्ध दिवसका अवसरमा नेपाली कम्युनिष्ट पार्टीले हुम्लाका सबै पालिकामा विभिन्न कार्यक्रम आयोजना गर्दै यो दिवस मनाइएको छ । हुम्ला जिल्लामा ३१ औँ महान जनयुद्ध दिवसको...
सर्केगाड ६ बराईको एक घरमा आगलागी हुँदा धनमालको क्षेती

सर्केगाड ६ बराईको एक घरमा आगलागी हुँदा धनमालको क्षेती

हुम्लाको मध्य क्षेत्रमा रहेको सर्केगाड गाउँपालिका वडा नम्बर ६ बराईको एक घरमा आगलागी भएकोे छ । घरमा आगलागी हुँदा भौतिक सामग्रीको क्षेती भएको छ । सर्केगाड गाउँपालिका–६ बराईका...
दुई वर्षदेखि हराएका र चोरि भएका मोवाइल बुझायो

दुई वर्षदेखि हराएका र चोरि भएका मोवाइल बुझायो

गत दुईवर्षदेखि हराएका तथा चोरी भएका मोबाइलहरू जिल्ला प्रहरी कार्यालय हुम्लाले आज शुक्रबार एक कार्यक्रमका विच बुझाइएको छ । यस अघि हुम्ला जिल्लाका विभिन्न सहर तथा गाउँबस्तीबाट हराएका...