नेभिगेशन
ताँजकोट
ताजाकोट गाउपालिका

पैमा सिरुपाटा सडक खण्ड ३ महिना देखि अवरुद्ध

गर्मी महिना पछि मात्र मर्मत हुने उपाध्यक्ष थापाको भनाई

हुम्ला । जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउंपालिकामा झट्ट हेर्दा सबै ठाउंमा सडक पुगेको जस्तै देख्न सकिन्छ । विडम्बना गाउँपालिकाको वडा नम्बर ४ को पैमा खोला देखि सिरुपाटा सम्मको सडक विगत ३ महिना देखि अवरुद्ध बनेको छ ।

जिल्लाको उत्त गाउँपालिकाको मासपर वाहे अरु सबै ठाउंमा सडक विस्तार भए पनि उत्त क्षेत्रको पैपा सिरुपाटा सडक खण्डको पिपल रुखमा सडक भर्त्ताकए पछि त्यहा विगत ३ महिना देखि कुनै सवारी साधन गुडेका छैनन् । कर्णाली करिडोरवाट छुटिएको उत्त सड़क हेर्दा धेरै नागरीक झुक्किने गरेका छन ।

सडक सञ्जालको पहुँच पुगेको उक्त गाउंमा अहिले भने सवारी साधानको नाम पनि सुन्न नपाएको स्थानिय अर्जुन बोगटीले रेडियो कर्णाली आवाजलाई बताए । यस यातायातका सवारी साधान अघि निरन्तर चलिरहने उक्त खण्ड अहिले सुनसा नवनेको छ।

उनका अनुसार खण्डको सडक धेरै उकालो भएककै कारण कुनै पनि सवारी साधन गुग्न नपाउदा त्यहाका नागरीकलाई चौतर्फी घुमेर गाउँ पुग्नै मुस्किल भएको छ । यस अघि ३० मनेटमा पुगित उत्त खण्डको विच भागमा मर्मत गर्न नसकिनेगरी भत्किएका कारण पालिकाको १२ र ३ नम्बर वडा घुमेर आफ्नो गाउँ जानु परेको गुनासो गरेका हुन ।
यस अघि पैमाबाट सिधै सिरुपाट जान मिल्ने भए पनि अहिले सबै पालिका घुम्नु पर्दा रुपैया संगै समयको पनि खर्च हुने गरेको पाइएको हो । अहिले उत्त सडकमा समस्या भएका कारण पालिकाको बुडावाडा, छप्रेला, रामा, नैकाला, पाड्नीवाडा र गल्लावाडा हुदै सिरुपाटा जानु परेको छ

अहिले प्रयोग भइरहेको सडकवाट गाउंपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई गाउँपालिका जान आउन सहज भए पनि नागरिकलाई पैमा जिउला संगै जिल्ला तथा पालिका वाहिर निस्कन समेत घण्टौ समय लगाउनु परेको छ । आफुहरुलाई उक्त सडकवाट पालिका केन्द्र जान मात्र काम लाग्ने गरेको सडक प्रयोग गर्दा निकै सास्थी खेप्नु परेको वोगटीले बताए ।

वर्षायाम सकिएपछि मर्मत गर्ने उपाध्यक्ष थापाको भनाई,

वडा नम्बर ४ कास्थानिय वासिन्दा समेत रहेका गाउँपालिका उपाध्यक्ष सुरेन्द्र वहादुर थापाले वर्षा यामको समय सकिएपछि मर्मतमा जोड दिने बताएका छन । उनका अनुसार उक्त खण्ड मर्मतका लागि यस अघिनै स्काभेटर मेसिने लगेको भएपनि मेसिन लगाउदा माथिवाट अर्को सडक भासिन थाले पछि बन्द गरिएको हो । वर्षाको समयमा माटो कमलो हुने भएका कारण पनि यन्द गरिएको बताउनु भएको छ ।

उत्त खण्ड वर्षाको समयमा विग्रिएकोले वर्षा हिउद नलाग्दा समम्म मर्मतमा जोखिम हुने देखिएको छ । छोटो दुरीमा सडकको ट्रायक खोलिएपछि तल्लो सडक मर्मत गर्दा माथिल्लो सडक भासिने चिन्ताका कारण जेसिविलाई अहिले मर्मत गर्न नदिएको हो ।

उत्त सडकको अव वर्षाका याम सकिने तगत्तै मर्मत सुरु गरिने भएको छ । सडकको एउटा मोड समेत फेर्नु पर्ने आवाश्यक देखिएकाले केहि साय लाग्ने देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप ताँजकोट
ताजाँकोटको मदनामा ६÷७ महिनादेखि टावर र फोजी सेवा अवरुद्ध, स्थानीयलाई सास्ती

ताजाँकोटको मदनामा ६÷७ महिनादेखि टावर र फोजी सेवा अवरुद्ध, स्थानीयलाई सास्ती

हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँको गाउँपालिकाको वडा नम्बर ५ को मदान गाउँमा विगत ६÷७ महिनादेखि मोबाइल टावर र फोजी इन्टरनेट सेवा नियमित रूपमा अवरुद्ध हुँदा स्थानीय बासिन्दा समस्यामा...
ताँजाकोट–२ को दलितवाडामा एकीकृत बस्ती विकास गरिने

ताँजाकोट–२ को दलितवाडामा एकीकृत बस्ती विकास गरिने

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ताँजाकोट गाउँपालिका वडा नम्बर २ स्थित मैला गाउँको दलितवाडा बस्तीमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

कर्णाली प्रदेस सरकाको मुख्य मन्त्री हुँदै गर्दा ताजाँकोट गाउँपालिकाको विकासका लागि महत्वपुर्ण योगदान गरेको भन्दै उहाँलाई २५ किलोको माला सहित च्याँग्राको रौँ बाट बनेको राडी (पाखी)ले सम्मान गरेको...