नेभिगेशन
ताँजकोट

ताजाँकोटको मदनामा ६÷७ महिनादेखि टावर र फोजी सेवा अवरुद्ध, स्थानीयलाई सास्ती

सिमकोट

हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताजाँको गाउँपालिकाको वडा नम्बर ५ को मदान गाउँमा विगत ६÷७ महिनादेखि मोबाइल टावर र फोजी इन्टरनेट सेवा नियमित रूपमा अवरुद्ध हुँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् ।

मदाना गाउँका स्थानीयका अनुसार राति १० बजेदेखि बिहान ९ बजेसम्म टावर नआउने तथा अधिकांश मोबाइलमा फोजी इन्टरनेट सेवा नचल्ने समस्या रहँदै आएको छ । लामो समयसम्म समस्या समाधान नभएपछि सम्बन्धित निकायप्रति स्थानीयले गुनासो गरेका छन् ।

स्थानीय पदम नेपालीले सञ्चार सेवा अवरुद्ध हुँदा दैनिक कामकाज, सूचना आदानप्रदान तथा आकस्मिक अवस्थामा समेत समस्या हुने गरेको बताउनुभयो । उहाँले समस्या समाधानका लागि सम्बन्धित निकायले चासो नदेखाएको आरोप लगाउनुभयो ।

यस विषयमा वडा अध्यक्ष मदन नेपालीसँग बुझ्दा विद्युत्को पावरले धान्न नसक्दा यो समस्या उत्पन्न भएको जानकारी दिनुभयो । उहाँका अनुसार समस्याको समाधानका लागि बैशाख १७ गते नेपाल टेलिकम वायरलेस केन्द्रीय कार्यालय काठमाडौंमा निवेदनसमेत पेश गरिएको बताउनु भएको छ ।

वडा अध्यक्ष नेपालीका अनुसार सम्बन्धित कार्यालयले बजेट व्यवस्थापन गरेपछि लाइन नियमित सञ्चालन गरिने प्रतिक्रिया दिएको छ । साथै ताजाँकोटको वडा नम्बर ४ पाड्नीबाडामा रहेको कर्पुखोला लघुजलविद्युत् लाइन विस्तारको काम अबको केही समयपछि सुरु गरिने गरिसकेपछि मदना गाउँको फोजी टावरको समस्या समाधान गरिने वडा अध्यक्ष नेपालीको भनाई रहेको छ । स्थानीयले सञ्चार सेवा नियमित बनाउन सम्बन्धित निकायसँग तत्काल पहल गर्न माग गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप ताँजकोट
ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी,महत्वपुर्ण कागजात सबै जलेर नष्ट

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आगलागी,महत्वपुर्ण कागजात सबै जलेर नष्ट

ताँजाकोट गाउँपालिकाको कार्यालयमा आज राती करिब पौने २ बजेको समयमा आगलागि भएको छ । आगलागिको कारणका बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । आगलागि हुँने वित्तिकै त्यहाँका स्थानीय...
ताँजाकोट–२ को दलितवाडामा एकीकृत बस्ती विकास गरिने

ताँजाकोट–२ को दलितवाडामा एकीकृत बस्ती विकास गरिने

जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ताँजाकोट गाउँपालिका वडा नम्बर २ स्थित मैला गाउँको दलितवाडा बस्तीमा एकीकृत बस्ती विकास कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

पुर्वमुख्यमन्त्री शाहीलाई हुम्लाको ताँजकोटमा २५ किलोको माला

कर्णाली प्रदेस सरकाको मुख्य मन्त्री हुँदै गर्दा ताजाँकोट गाउँपालिकाको विकासका लागि महत्वपुर्ण योगदान गरेको भन्दै उहाँलाई २५ किलोको माला सहित च्याँग्राको रौँ बाट बनेको राडी (पाखी)ले सम्मान गरेको...