नेभिगेशन
खेलकुद

बंगलादेश बन्यो च्याम्पियन, छैटौंपटक नेपाल उपविजेतामा सीमित

काठमाडौं । दशरथ रंगशालामा भएको साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ।

फाइनलमा घरेलु टोली नेपाललाई २–१ गोलले पराजित गर्दै बंगलादेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको हो।

नेपालविरुद्ध बंगलादेशले खेलको ५१औ मिनेटमा बंगलादेशले गोल गरेको थियो।

त्यसको ४ मिनेटमै नेपालकी अमिशा कार्कीले गोल गर्दै बराबरीमा फर्काएकी थिइन्।

तर, खेलको ८१औं मिनेटमा गोल गर्दै बंगलादेशले दोस्रोपटक अग्रता लियो। त्यसपछि दुवैतर्फबाट गोल नभएपछि बंगलादेशले लगातार दोस्रोपटक साफ च्याम्पियनसिपको उपाधी जितेको हो। नेपालले भने छैटौं पटक उपविजेतामा सिमित भएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
जिल्ला स्तरीय खुल्ला ब्याटमिन्ट प्रतियोगिता सिमकोटमा शुरू 

जिल्ला स्तरीय खुल्ला ब्याटमिन्ट प्रतियोगिता सिमकोटमा शुरू 

खेलको सम्पुर्ण तयारी कार्य पुरापछि बुधबार उद्घाटन संगै विहानी सिफ्टमा तीनवटा ग्यामलाई खेलाइएको थियो । जसमा डबल खेल भिड्नका लागि १५ वटा टिमले टिम दर्ता गराएका थिए भने...