नेभिगेशन
समाज
  हुम्लामा निःशुल्क आँखा शिविरमा २३० जना लाभान्वित २५ जनाबढीको शल्यक्रिया

  हुम्लामा निःशुल्क आँखा शिविरमा २३० जना लाभान्वित २५ जनाबढीको शल्यक्रिया

सिमकोट  ।      नेपाल रेडक्रस सोसाईटी शाखा हुम्ला , जिल्ला आँखा उपचार केन्द्र सिमकोट हुम्लाको समन्वय र नेपाल नेत्र ज्योति संघ,हिमालय आँखा अस्पताल पोखराको आयोजना एवं प्राविधिक सहयोगमा जिल्ला अस्पताल हुम्लामा तिन दिने मोतिबिन्दु शल्याक्रिया सम्बन्धी निशुल्क आँखा शिविर संचालन भएको छ ।

 

नेपाल नेत्रज्योती संघ सिमकोट हुम्ला र जिल्ला आँखा अस्पताल हुम्लाले निशुल्का मोतिबिन्दु शल्याक्रिया सम्बन्धी आँखा शिविर गरिएको हो । हम्लामा आँखाको मोतिविन्दु सम्बन्धी बिरामी भएकाको लागी निशुल्क सल्यक्रिया सुचारु गरिएको नेपाल नेत्रज्योती संघ सिमकोट हुम्ला आँखा अस्पताल हुम्लाका सभापति नर वहादुर रोकायाले बताउनु भएको छ । आँखामा समस्या भएका बिरामीहरुलाई घरआँगनमै सेवा दिने उद्देश्यले तिन दिने निशुल्क मोतिबिन्दुको सल्लिक्रिया गरिने भएको रोकायाले बताउनु भएको छ ।

 


रेडली केयर फाउण्डेशनको आर्थिक सहयोग र आई केयर फाउण्डेशनको विशेष सहयोगमा शिविर सञ्चालन गरिएको हो । मंसिर ६ गतेबाट ८ गते सम्म सञ्चालन हुने भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका मन्त्री अर्जुन बोहराले जानकारी दिनु भएकोछ । मन्त्री बोहराका अनुसार आँखा शिविरमा आज पहिलो दिनमा २३० जनाले आँखाको चेक जाँच गरिएको र ती मध्ये २५ जनाको निःशुुल्क मोतिबिन्दुको शल्यक्रिया समेत गरेको जानकारि दिनु भएको छ । शिविरमा चस्मा र औसधि समेत निःशुल्क वितरण गरिएको मन्त्री बोहराले बतमउनु भएको छ । 

 

नेपाल नेत्रज्योति संघले कोहि पनि नागरिक पहुँच र आर्थिक अभावमा दृष्टिविहिन भएर बस्न नपरोस् भन्ने हेतुले हुम्ला जिल्लामा पनि निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिविरहरु संचालन गरेको छ । नेपाल नेत्रज्योति संघ हिमालय आँखा अस्पताल पोखराका डाक्टर अनिल पराजुलि लगायत आठ जना स्वास्थ्यकर्मीहरुको टोलिले खटिएको र आँखा शिविर सञ्चालन गरेको जान कारि प्राप्त भएको छ ।

यो शिविर मंसिर आठ गते सम्म सञ्चालन हुने भएकाले हुम्लाका सबै दृष्टि समस्य भएका नागरिकहरुलाई यो सेवा लिन समेत अनुरो गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्लाका सभापति गडेश बहादुर महत बताउनु भएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।