नेभिगेशन
समाज

एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुलाई सास्ती

सिमकोट ।     स्थानीय नागरिकका आँखामा विश्वासिलो रूपमा परिचित निजी समिट एयरलाइन्स पनि भनसुन, फोन म्यासेज ,सिन्डिकेट र मनपरी टिकट वितरण गर्दै आएको छ ।  हुम्लामा हवाई सेवा प्रदान गर्दै आएको उक्त एयरलाइन्सले टिकट वितरणमा पारदर्शिता नअपनाएको यात्रुहरूले गुनासो गरेका छन्। 

 स्थानीयका अनुसार कम्पनीका केही कर्मचारीहरूले आफ्ना निकट व्यक्तिलाई प्राथमिकता दिएर टिकट बाँड्ने, सिफारिस, फोन र म्यासेजको आधारमा टिकट वितरण गर्ने जस्ता गतिविधि बढिरहेका छन्। यसले सर्वसाधारण यात्रुहरूका लागि टिकट पाउन झन् कठिन भइरहेको छ । 

खार्पुनाथ गाउँपालिका–३ की धन्देवी सिरा एक हप्तादेखि सिमकोट विमानस्थलस्थित समिट कार्यालय धाउँदा सम्म पनि टिकट नपाएको बताउँछिन्। उनका अनुसार कार्यालयमा नाम दर्ता गराइदिँदा पनि अन्तिम घडीमा नाम हटाइने गरेको छ। नाम कसैले हटायो भनेर सोध्दा कर्मचारी राम वहादुर रोकाया भन्छन् मलाई थाहा छैन प्रमुखलाई सोध भनेर पन्छिएको धनदेवी सिराले बताउनु भयो । 

यस्तै अर्की स्थानीय संगिता रोकाया बिहान ६ बजेदेखि लाइन बसे पनि टिकट नपाई रित्तो हात मा कोठा फर्किनुपरेको बताउँछिन्। उनका अनुसार टिकटहरू पहिले नै फोन, भनसुन र सेटिङको आधारमा प्रिन्ट गरी बाहिरै रोडमा ल्याएर वितरण गर्ने गरेको रोकायाले बताउ भयो ।  टिकट वितरणबारे सोध्दा समिट एय रलाइन्सका प्रमुख गोविन्द लामाले आज टिकट भएन, प्याक भयो भोलि  पठाईदिन्छु भन्दै लगातार हप्ता दिनसम्म टार्दै आएको यात्रु रोकायाले बताउनु भयो छ। 
यसअघि प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले समिट एयरलाइन्सलाई टिकट वितरणको स्पष्ट व्यवस्था गरेर कडाइका साथ लागू गर्न निर्देशन दिएको थियो।  

निर्णयअनुसार  ३ सिट सरकारी कर्मचारीका लागि ३ सिट अनलाइन माध्यमबाट खुला वितरण २ सिट बिरामीका लागि सिमकोट–५ र ६ का स्थानीयका लागि १–१ सिट बाँकी सिट एयरलाइन्सका कर्मचारीले प्राथमिकता र सहजताका आधारमा वितरण गर्ने निर्णय भएको थियो ।  तर यात्रुहरूका अनुसार यो निर्णय केवल कागजमै सीमित देखिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।