नेभिगेशन
समाज

एयरलाइन्सले मनपरी टिकट वितरण गर्दा यात्रुलाई सास्ती

सिमकोट ।     स्थानीय नागरिकका आँखामा विश्वासिलो रूपमा परिचित निजी समिट एयरलाइन्स पनि भनसुन, फोन म्यासेज ,सिन्डिकेट र मनपरी टिकट वितरण गर्दै आएको छ ।  हुम्लामा हवाई सेवा प्रदान गर्दै आएको उक्त एयरलाइन्सले टिकट वितरणमा पारदर्शिता नअपनाएको यात्रुहरूले गुनासो गरेका छन्। 

 स्थानीयका अनुसार कम्पनीका केही कर्मचारीहरूले आफ्ना निकट व्यक्तिलाई प्राथमिकता दिएर टिकट बाँड्ने, सिफारिस, फोन र म्यासेजको आधारमा टिकट वितरण गर्ने जस्ता गतिविधि बढिरहेका छन्। यसले सर्वसाधारण यात्रुहरूका लागि टिकट पाउन झन् कठिन भइरहेको छ । 

खार्पुनाथ गाउँपालिका–३ की धन्देवी सिरा एक हप्तादेखि सिमकोट विमानस्थलस्थित समिट कार्यालय धाउँदा सम्म पनि टिकट नपाएको बताउँछिन्। उनका अनुसार कार्यालयमा नाम दर्ता गराइदिँदा पनि अन्तिम घडीमा नाम हटाइने गरेको छ। नाम कसैले हटायो भनेर सोध्दा कर्मचारी राम वहादुर रोकाया भन्छन् मलाई थाहा छैन प्रमुखलाई सोध भनेर पन्छिएको धनदेवी सिराले बताउनु भयो । 

यस्तै अर्की स्थानीय संगिता रोकाया बिहान ६ बजेदेखि लाइन बसे पनि टिकट नपाई रित्तो हात मा कोठा फर्किनुपरेको बताउँछिन्। उनका अनुसार टिकटहरू पहिले नै फोन, भनसुन र सेटिङको आधारमा प्रिन्ट गरी बाहिरै रोडमा ल्याएर वितरण गर्ने गरेको रोकायाले बताउ भयो ।  टिकट वितरणबारे सोध्दा समिट एय रलाइन्सका प्रमुख गोविन्द लामाले आज टिकट भएन, प्याक भयो भोलि  पठाईदिन्छु भन्दै लगातार हप्ता दिनसम्म टार्दै आएको यात्रु रोकायाले बताउनु भयो छ। 
यसअघि प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले समिट एयरलाइन्सलाई टिकट वितरणको स्पष्ट व्यवस्था गरेर कडाइका साथ लागू गर्न निर्देशन दिएको थियो।  

निर्णयअनुसार  ३ सिट सरकारी कर्मचारीका लागि ३ सिट अनलाइन माध्यमबाट खुला वितरण २ सिट बिरामीका लागि सिमकोट–५ र ६ का स्थानीयका लागि १–१ सिट बाँकी सिट एयरलाइन्सका कर्मचारीले प्राथमिकता र सहजताका आधारमा वितरण गर्ने निर्णय भएको थियो ।  तर यात्रुहरूका अनुसार यो निर्णय केवल कागजमै सीमित देखिएको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

भर्खरै