नेभिगेशन
समाज

हिमाली जडिबुटी संरक्षण तथा दिगो व्यापार परियोजनाअन्तर्गत ४ दिने उद्यमशिलता तालिम हुम्लामा सुरु

सिमकोट, हुम्ला –  युके इन्टरनेशनल Darwin Initiative को आर्थिक सहयोगमा तथा TRAFFIC, एन्साब नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ (FECOFUN) हुम्लाको सहकार्यमा सञ्चालित “हिमाली जडिबुटीहरुको संरक्षण र दिगो व्यापार” परियोजना अन्तर्गत ४ दिने उद्यमशिलता तथा व्यवसायिक योजना तयारी तालिम मंसिर ७ गतेदेखि १० गतेसम्म हुम्लाको सिमकोटमा सुरु भएको छ।

चार दिनसम्म सञ्चालन हुने यस तालिमको मुख्य उद्देश्य सहभागीहरूलाई उद्यमशिलता र उद्यम व्यवस्थापनका मूल पक्षहरूबारे स्पष्ट पार्ने, उपयुक्त उद्यम छनोटका विधि र प्रक्रियामा मार्गदर्शन गर्ने, बजार व्यवस्थापनबारे आवश्यक ज्ञान दिने तथा व्यवहारिक व्यावसायिक योजना (Business Plan) निर्माणमा सहभागीलाई दक्ष बनाउनु रहेको आयोजक संस्थाहरूले जनाएका छन्।

साथै वन पैदावरमा आधारित उद्यम सञ्चालनका लागि आवश्यक दिगोपनाका मापदण्ड, प्रमाणिकरण प्रक्रिया, तथा ती मापदण्ड पूरा गर्न आवश्यक तथ्यांक संकलन र व्यवस्थापन विधि बारे पनि विस्तृत रूपमा छलफल गरिने छ। उद्घाटन सत्रको अध्यक्षता FECOFUN हुम्लाका अध्यक्ष श्री राजेन्द्र कार्कीले गर्नुभएको थियो। कार्यक्रममा डिभिजन वन कार्यालय हुम्लाका डिभिजनल वन अधिकृत श्री महेश कुमाई प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा जडिबुटी महासंघका अध्यक्ष श्री छिरिङ्ग लामा, उद्योग वाणिज्य संघ हुम्लाका अध्यक्ष श्री रामबहादुर भण्डारी, सव–डिभिजन वन कार्यालय सर्केगाडका वन अधिकृत वावुलाल भोम्जन तथा अन्य अतिथिहरूको विशेष उपस्थिति थियो।

तालिमका प्रमुख प्रशिक्षकका रूपमा एन्साब नेपालका उद्यम विकास विज्ञ शुशील ज्ञवाली, वन विज्ञान अध्ययन संस्थानका श्री विकास अधिकारी, FECOFUN हुम्लाका पदाधिकारी तथा जिल्लाका व्यापारी–व्यवसायीहरूको सक्रिय सहभागिता रहेको छ।

कार्यक्रमको सञ्चालन एन्साब नेपालका वन अधिकृत संगम हमालले गर्नुभएको थियो भने FECOFUN हुम्लाका सचिव श्री मञ्जु रावलले स्वागत मन्त्वय गर्नुभएको थियो । चार दिनसम्म सञ्चालन हुने यो तालिमले हिमाली जडिबुटीमा आधारित स्थानीय उद्यमहरूको दिगोपनामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।