नेभिगेशन
समाज
तीन दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमा ६०३ जान लाभान्वीत

तीन दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविरमा ६०३ जान लाभान्वीत

सिमकोट ।      नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा हुम्ला र जिल्ला आँखा उपचार केन्द्र सिमकोटको समन्वय तथा नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल घारी पाटन पोखराको आयोजनामा जिल्ला अस्पताल हुम्लामा तीन दिने निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्बन्धी आँखा शिविर सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी शाखा हुम्लाका कोषाध्यक्ष मन्दिर सिहंका अनुसार तिन दिनमा ६०३ जनाले शिविरबाट सेवा लिनु ६९ जनाको सल्यक्रिया गरेको बताउनु भएको छ । साथै आवश्यक अनुसार चस्मा र औषधी निःशुल्क वितरण गरिएको उनले बताए ।


नेपाल नेत्रज्योति संघ सिमकोट हुम्ला र जिल्ला आँखा अस्पताल हुम्लाले मोतिबिन्दु पीडित भएकालाई सहज र निःशुल्क सेवा उपलब्ध गराउने उद्देश्यले शिविर संचालन गरेको बताइएको छ ।

 

हुम्लामा मोतिबिन्दुका कारण समस्या भोग्दै आएका बिरामीलाई घर आँगनमै सेवा दिने उद्देश्यले यो शिविर सञ्चालन गरिएको नेपाल नेत्रज्योति संघ सिमकोट हुम्लाका सभापति नरबहादुर रोकायाले बताए ।
यस शिविर रेडली केयर फाउन्डेसनको आर्थिक सहयोग र आई केयर फाउन्डेसनको विशेष सहयोग रहेको छ। शिविर मंसिर ६ गतेदेखि ८ गतेसम्म सञ्चालन हुनेछ ।


नेपाल नेत्रज्योति संघका अनुसार दृष्टि गुमाउने स्थितिमा रहेका नागरिक आर्थिक अभाव वा पहुँचको कमीका कारण उपचारविहीन हुन नपरोस् भन्ने उद्देश्यले हुम्लामा यस्ता निःशुल्क शिविरहरू सञ्चालन गरिँदै आएको छ।


शिविरमा हिमालय आँखा अस्पताल पोखराका डा. अनिल पराजुलीसहित आठ जनाको स्वास्थ्यकर्मी टोली खटिएको छ। मंसिर ८ गतेसम्म सञ्चालन हुने यो शिविरमा हुम्लाका सबै दृष्टि समस्या भएका नागरिकलाई सेवा लिन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति गणेशबहादुर महतले अनुरोध गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।