नेभिगेशन
समाज

हुम्लामा मनाइयो ११ औँ उद्योग दिवस


औघोगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले मगंलबार एक कार्यक्रमको आयोजना गरी ११ औँ उद्योग दिवस मनाइएको छ ।
सरकारले औद्योगिक प्रबद्र्धनका लागि लगानीको सकारात्मक वातावरण निर्माण तथा जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउँदै आएको छ ।
हुम्लाको सदरमुकाम सिमकोटमा आज जिल्ला प्रशासनको कार्यालयबाट –याली निकालेर तल्लो बजारको धुपी रुख हुँदै पुनः माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा कोणसभा गर्दै सम्पन्न भएको थियो । –यालीमा जिल्लास्थित विभिन्न सरकारी कार्यालयको प्रमुख तथा प्रतिनिधि, उद्यमी लगायतको उपस्थित रहेको थियो ।
नेकपा एमाले हुम्लाका अध्यक्ष ग्यामी बुमीले देश आनुनिक प्रविधिमा टिक्न नसकेको बताउनु भयो । हुम्लामा पुर्खाले गरेका पुराना व्यवसाय घट्दै गएको र पर निर्भर भएको उहाँले बताउनुभयो । त्यसै गरी प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले हुम्ला राष्टिय सडक संञ्जालसँग जोडिएको हुनाले स्थानिय रैथाने बाली र स्थानिय फलफुल उत्पादनमा जोड दिन आग्रह गर्नुभएको छ । हुम्लामा साना उघोग सञ्चालन गर्न सजिलो छ । कृषीजन्य र जडीबुटी उघोग धेरै भएकाले उघोग सञ्चालनमा सहयोग पुग्ने उहाँको भनाई रहेको छ । 
सिमकोटगाउँपालिकाका अध्यक्ष विजय भण्डारीले हुम्ला राष्टकै हिसाबले र आधुनिक प्रविधिले पछाडी परेको छ । हुम्लाको बाध्यता उघोग सञ्चालनमा भौगोलिक वातावरण छैन । घरेलु कार्यालय र उघोग वाणिज्य हुम्लालाई ठुला उघोग सञ्चालन गर्न आग्रह गनु भएको छ । तालिममा मात्र बढी संख्याको सहभागिता हुने व्यवसायीक रुपमा सक्रिय नहुने प्रविधि बढी देखिएको बताउनु भएको छ । 
कार्यक्रको अध्यक्षता ग्रहण गनु भएका उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय प्रमुख अर्जुनराज जोशीका अनुसार १९९३ मंसिर ९ गते नेपालमा विधिवत उद्यमशीलता सुरुवात भएको दिनको सम्झनामा सरकारले २०७२ सालदेखि उद्योग दिवस मनाउँदै आएको बताउनु भएको छ । उघोगसँग सम्बन्धीत के कस्ता समस्या छन, सिप विकासमा र समन्वय र सहकार्य गर्ने यो कार्यालयको उदेश्य रहेको  छ । अहिले जुनसुर्कै प्रमुख उघोग दर्ता गर्न स्थानिय सरकारलाई जिम्मा दिएको हुनाले कार्यालयमा काम गर्न असहज भएको प्रमुख जोशीले बताउनु भयो । 
आजै भएको ११ औ उद्योग दिवसमा प्रमुख जिल्ला अधिकारी , सिमकोट गाउँपालिका अध्यक्ष, सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक, उद्योग बाणिज्य संघका अध्यक्ष लगायत अन्य कार्यालयका प्रतिनिधि र सञ्चारकर्मीको समेत सहभागिता थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।
भर्खरै