नेभिगेशन
समाज

हिमाली जडिबुटी संरक्षण तथा दिगो व्यापार परियोजना अन्तर्गत ४ दिने उद्यमशिलता तालिम सम्पन्न


सिमकोट    युके इन्टरनेशनल को आर्थिक सहयोगमा तथा एन्साब नेपाल र सामुदायिक वन उपभोक्ता महासंघ हुम्लाको सहकार्यमा सञ्चालित “हिमाली जडिबुटीहरुको संरक्षण र दिगो व्यापार” परियोजना अन्तर्गत ४ दिने उद्यमशिलता तथा व्यवसायिक योजना तयारी तालिम सम्पन्न भएको छ ।


चार दिनसम्म सञ्चालन भएको यस तालिमको मुख्य उद्देश्य सहभागीहरूलाई उद्यमशिलता र उद्यम व्यवस्थापनका मूल पक्षहरूबारे स्पष्ट पारेको र  उपयुक्त उद्यम छनोटका विधि र प्रक्रियामा मार्गदर्शन गर्ने, बजार व्यवस्थापनबारे आवश्यक ज्ञान दिएकोे तथा व्यवहारिक व्यावसायिक योजना निर्माणमा सहभागीलाई दक्ष बनाउन सिकाएको आयोजक संस्थाहरूले जनाएका छन्।


साथै वन पैदावरमा आधारित उद्यम सञ्चालनका लागि आवश्यक दिगोपनाका मापदण्ड, प्रमाणिकरण प्रक्रिया, तथा ती मापदण्ड पूरा गर्न आवश्यक तथ्यांक संकलन र व्यवस्थापन विधि बारे पनि विस्तृत रूपमा छलफल गरिएको छ । 


भर दिने तालिमका सहभागि जडिबुटी संघका सचिव राज बहादुर शाहीले केही कुरा सिक्ने अवसर भयो । हुम्लामा उघोगी तथा व्यवसायीले कुनैपनि काम गर्दा सहकार्य गरेर काम गर्न आग्रह गनुभएको छ । त्यसैगरी जडीबुटी प्रशोधन केन्द्र हुम्ला नहुदा थप समस्या भएको उहाँले बताउनु भएको छ । 


हुम्ला जिल्ला डिभिजन कार्यालयका वन अधिकृत महेश कुमाईका अनुसार चार दिनसम्म तालिममा सहभागीहरुले धेरै कुरा सिक्नु भयो, उघोग भनेको नाफा मुलक र व्यवसाय मुलक हुन्छ, सेवा मुलक हुदैन । जडीबुटीलाई दिगोपना गर्ने, दिगो संरक्षण गर्ने,दिगो उपभोग गर्न आवश्यक भएको बताउनु भएको छ । जिललामा जडीबुटी प्रशोधन केन्द्र खोल्न एन्साब नेपालले मुख्य भुमिका खेल्न र आफ्नो कार्यालयले पनि सहयोग गर्ने बताउनु भएको छ ।

चार दिनसम्म उद्यमशिल विज्ञ तथा एन्साब नेपालका शुशिल ज्ञवालीले सहजिकरण गर्नु भएको थियो भने सामुदायिक वन जिल्ला महासंघका अध्यक्ष राजेन्द्र कार्कीको अध्यक्षतामा तालिम सञ्चालन भएको थियो । चार दिनसम्म सञ्चालन भएको यो तालिमले हिमाली जडिबुटीमा आधारित स्थानीय उद्यमहरूको दिगोपनामा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।