नेभिगेशन
समाज

हिमाली जडीबुटीहरुको स्रोत सर्वेक्षण सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन


सिमकोट   

संकटापन वन्यजन्तु तथा वनस्पतीका प्रजातिको अन्तरराष्टिय व्यापार र हिमाली जडीबुटीहरुको स्रोत सर्वेक्षण सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सिमकोटमा सञ्चालन भएको छ । एन्साब नेपालको आर्थिक सहयोग र सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा यो अन्तरक्रिया सञ्चालन भएको छ । 
अन्तरक्रियामा संकटापन वन्यजन्तु तथा वनस्पतीका प्रजातिको अन्तरराष्टिय व्यापारको रोकथाम कसरी गरिन्छ भन्ने बिषयमा छलफल गरिएको बताइएको छ ।

संकटापन वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्टिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन कानुनको बारेमा पनि स्पष्ट पारिएको सामुदायिक वन उपभोक्ता महाँसंघका सचिव मन्जु रावले बताउनु भएको छ । 
हिमाली जिल्लामा जडीबुटीको सा्रेत सर्वेक्षण कसरी जोगाउन सकिन्छ, यसको दिगोपन कसरी गरिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । हुम्लामा सामुदायिक वन जडीबुटीका कारण आम्दानीको लागी महत्वपुर्ण स्रोत मानिएको छ ।

जडीवटीको आर्थिक, पर्यावरणीय, स्वास्थ्य र पर्यटकीय क्षेत्रमा महत्वपूर्ण स्थान रहेको छ । जडीबुटीलाई आम्दानीको रुपमा विकास गर्न वन नियमावली २०६८ विशेष जोड दिएको देखिन्छ । 
जडीबुटीको आर्थिक पक्षसँग सम्बन्धी ऐन,नियमावली, विभिन्न योजना, खोज अनुसन्धान नतिजा विश्लेषण गरिएको छ । अनुसन्धानमा पाठ्यक्रम समाज र आर्थिक पक्ष सँग जोडिएका टेलर, टावा, केर सिद्धान्तहरूलाइ जोड्ने प्रयास गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ  हुम्लाका अध्यक्ष राजेन्द्र कार्कीको अध्यक्षतामा  उक्त कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रममा डिभिजन वन कार्यालय हुम्लाका डिभिजनल वन अधिकृत महेश कुमाइको प्रमुख अतिथि रहेकोे थियो । सामुदायिक वन उपभोक्ता महासंघ हुम्लाका सचिव मञ्जु रावलले स्वागत मन्तव्य गर्नु भएको थियो । यो दुई दिने अन्तरक्रिया जिल्लामा रहेका वन अधिकृत, रेन्जर र वन रक्षकसँग गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।