नेभिगेशन
समाज

हिमाली जडीबुटीहरुको स्रोत सर्वेक्षण सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन


सिमकोट   

संकटापन वन्यजन्तु तथा वनस्पतीका प्रजातिको अन्तरराष्टिय व्यापार र हिमाली जडीबुटीहरुको स्रोत सर्वेक्षण सम्बन्धी दुई दिने अन्तरक्रिया कार्यक्रम सिमकोटमा सञ्चालन भएको छ । एन्साब नेपालको आर्थिक सहयोग र सामुदायिक वन उपभोक्ता महासंघको आयोजनामा यो अन्तरक्रिया सञ्चालन भएको छ । 
अन्तरक्रियामा संकटापन वन्यजन्तु तथा वनस्पतीका प्रजातिको अन्तरराष्टिय व्यापारको रोकथाम कसरी गरिन्छ भन्ने बिषयमा छलफल गरिएको बताइएको छ ।

संकटापन वन्यजन्तु तथा वनस्पतिको अन्तरराष्टिय व्यापारलाई नियमन तथा नियन्त्रण गर्न बनेको ऐन कानुनको बारेमा पनि स्पष्ट पारिएको सामुदायिक वन उपभोक्ता महाँसंघका सचिव मन्जु रावले बताउनु भएको छ । 
हिमाली जिल्लामा जडीबुटीको सा्रेत सर्वेक्षण कसरी जोगाउन सकिन्छ, यसको दिगोपन कसरी गरिन्छ भन्ने विषयमा पनि छलफल भएको छ । हुम्लामा सामुदायिक वन जडीबुटीका कारण आम्दानीको लागी महत्वपुर्ण स्रोत मानिएको छ ।

जडीवटीको आर्थिक, पर्यावरणीय, स्वास्थ्य र पर्यटकीय क्षेत्रमा महत्वपूर्ण स्थान रहेको छ । जडीबुटीलाई आम्दानीको रुपमा विकास गर्न वन नियमावली २०६८ विशेष जोड दिएको देखिन्छ । 
जडीबुटीको आर्थिक पक्षसँग सम्बन्धी ऐन,नियमावली, विभिन्न योजना, खोज अनुसन्धान नतिजा विश्लेषण गरिएको छ । अनुसन्धानमा पाठ्यक्रम समाज र आर्थिक पक्ष सँग जोडिएका टेलर, टावा, केर सिद्धान्तहरूलाइ जोड्ने प्रयास गरिएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ  हुम्लाका अध्यक्ष राजेन्द्र कार्कीको अध्यक्षतामा  उक्त कार्यक्रम सञ्चालन भएको छ । कार्यक्रममा डिभिजन वन कार्यालय हुम्लाका डिभिजनल वन अधिकृत महेश कुमाइको प्रमुख अतिथि रहेकोे थियो । सामुदायिक वन उपभोक्ता महासंघ हुम्लाका सचिव मञ्जु रावलले स्वागत मन्तव्य गर्नु भएको थियो । यो दुई दिने अन्तरक्रिया जिल्लामा रहेका वन अधिकृत, रेन्जर र वन रक्षकसँग गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लामा मनाइयो ११ औँ उद्योग दिवस

हुम्लामा मनाइयो ११ औँ उद्योग दिवस

औघोगिक वातावरण सुधार, दिगो अर्थतन्त्रको आधार भन्ने मूल नाराका साथ उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय हुम्लाले मगंलबार एक कार्यक्रमको आयोजना गरी ११ औँ उद्योग दिवस मनाइएको छ...
भर्खरै