नेभिगेशन
समाज

सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

नरजन तामाङ
सिमकोट । हुम्ला लगायतका भौगोलिक रुपमा विकट जिल्लाहरुका लागि राज्यले ढुवानी अनुदानमा आयोडिन युक्त नुन र चामल उपलब्ध गराउँदै आएको छ । 

भर्खरै मात्र राष्ट्रिय सडक सञ्जालमा जोडिएको हुम्लामा सरकारले साल्ट ट्रेडिङ्ग कर्पोरेशन मार्फत ढुवानी अनुदानमा नुन उपलब्ध गराउँदै आएपनि जिल्लाका नागरिक सरकारी मुल्य भन्दा झण्डै दोब्बर अर्थात १५ रुपैयाँ मूल्यमा नुन खरिद गरेका छन् ।  

सर्केगाड गाउँपालिका वडा नम्बर १ तुुम्च गाउँलाई कर्णाली करिडोरले दुई भागमा विभाजन गरको छ । त्यहि बाटो भएर पालिकाको भागमा पर्ने ढुवानी अनुदानको नुन लिएर केहि साता अघि मालबहाक ट्रकहरु गए । राज्यले ढुवानी अनुदानमा गाउँ पुर्याएको प्रतिकेजि नुनको ९ रुपैयाँमा खादै आएका तुम्चको बामनबाडाका नागरिकहरुका लागि यो पटकको नुन प्रतिकेजि १५ रुपैयाँ परेपछि कृष्णप्रसाद जैशी छक्क पर्नुभयो । 

यो वर्ष तुम्च लगायत सर्केगाड–१ का नागरिकको भागमा एक सय सात क्विण्टल नुन परेको थियो । गत वर्ष आप्mनो भागमा परेको नुन घर अगाडी नै प्रति केजि ९ रुपैयाँमा खरिद गरेका बामनबाडाका बिनिता सिंह र छलाङ ऐडीलाई यो वर्ष थप ६ रुपैयाँ बढि रकममा खरिद गर्नुपर्दा खपिनसक्नु भएको छ ।  उता अनुदानको नुन ढुवानी र वितरणको जिम्मा लिएको साल्ट ट्रेडिङ कर्पोरेशन हुम्लाले भने प्रति केजि १५ रुपैयाँमा नुन वितरण भएकोप्रति अनविज्ञता प्रकट गर्‍यो । सर्केगाड गाउँपालिकाको कोटाको नुन वितरण गर्न पालिका केन्द्र सर्केगाड पुग्नु भएका कर्पोरेशन हुम्लाका प्रमुख राजबहादुरर लामा आफूले गाउँपालिकामार्फत वडालाई पर्ने कोटाको नुन सरकारी दरमैवडा अध्यक्षलाई जिम्मा दिएकाले त्यो बारे जानकारी नभएको जानकारी दिनुभयो । 

अनुदानको नुन सरकारी दर भन्दा प्रति केजि ६ रुपैयाँ बढि मूल्यमा विक्री गरेको सर्केगाड–१ का अध्यक्ष बलबहादुर कार्कीले स्विकारे । गाउँको बाटो हुँदै पालिका केन्द्र पुगेको नुन पुनः ढुवानी गरेर गाउँमा पुर्‍याउँदा प्रति केजि ६ रुपैयाँ बढि पर्न गएकोे तर्क उहाँको छ ।

नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको छ । नागरिकको कमजोर आर्थिक अवस्थालाई मध्येनजर गर्दै राज्यले ढुवानी अनुदानमा दिएको नुन वितरणमा विभिन्न बहानामा नागरिकलाई आर्थिक भार पार्नु कुनै ढंगले तर्क संगतछैन्। पालिका केन्द्रबाट खाली जाने मालबहाक सवारी साधनले त्यति महंगो भाडा लिने काम पनि गर्दैनन् । त्यसैले नुनमाथिको अतिरिक्त शुल्क चुल्होको सरकारले गरेको असुल्ने धन्दा अस्वभनिय हो । यसलाई राज्यका नियमनकारी निकायले समयमा अध्ययन गरी नागरिकलाई न्याय दिन ढिला गर्न हुदैन् । 
हुम्ला सेरोफेरोका लागि नरजन तामाङ्ग सिमकोट हुम्ला
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।