नेभिगेशन
समाज

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सिमकोट । हिमाली जिल्ला हुम्लामा गाडी चल्न थालेयताको सात वर्षमा भएका ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । यि दुर्घटनामा एक सय ४६ जना घाइते भएका छन् ।

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म यो क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

कार्यालयका अनुसार आर्थिक वर्ष ०७६/७७ मा २ वटा सवारी दुर्घटना हँुदा ६ जनाको मृत्यु भएको थियो । यसैगरी आर्थिक वर्ष ०७७/७८ मा ७ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको तथ्यांकमा उल्लेख  छ ।

आर्थिक वर्ष ०७८/७९ मा भएको एउटा दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने  आर्थिक वर्ष ०७९/०८० मा ११ वटा सवारी साधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । यो वर्ष ६ जना बेपत्ता भएकाको अँझै केही पत्तो लागेको छैन् । आर्थिक वर्ष ०८०/८१ मा भएका १७ वटा चार जनाको मृत्यु भएको र ३५ जना घाइते भएका छन । यसैगरी आर्थिक वर्ष ०८१र०८२ मा ३१ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु र ४२ जना घाइते भएको जिल्ला टाफिक प्रहरी हुम्लाका इन्चार्ज प्रहरी हवालदार भीमबहादुर बुढाले जानकारी दिन’भयो ।

यस्तै गरी ०८२।०८३ को असोज महिनासम्म ९ वटा सवारी दुर्घटना भएका हुँदा ५ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले आर्थिक वर्ष ०८१/८२ मा हुम्ला जिल्ला भरी टा«फिक नियम उलघन गर्ने ५६२ वटा सवारीलाई काबाही गरेको छ । क्षमता भन्दा बढी भार बोकेर हिँड्ने सवारी साधनबाट चार लाख ६१ हजार राजस्व संकलन गरेको जिल्ला टाफिक प्रहरी हुम्लाका इन्चार्ज प्रहरी हवालदार भीमबहादुर बुढाले जानकारी दिनुभयो  । आर्थिक वर्ष ०८२ ।०८३ श्रावण  असोज मसान्तसम्म एक सय ८ वटा ट्राफिक नियम उल्लंघन गरेका सवारीबाट ८० हजार राजस्व संकलन समेत भएका इन्चार्ज बुढाले जानकारी दिनुभयो । 

केहि समय अघि मात्रै राष्ट्रिय सडक सञ्जालमा जोडिएको हुम्लामा सर्केगाड र मैला कबाडी गरेर दुई वटा अस्थायी ट्राफिक पोष्ट रहेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले...
मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

मानव अधिकार एलाइन्स हुम्लाको जिल्ला भेला तथा अन्तक्रिया सम्पन्न

नेकपा एमालेको भातृ संगठन मानव अधिकार एलाइन्स हुम्लाको दोस्रो जिल्ला भेला तथा प्रतिनिधि सभाको चुनाव र नागरिक समाजको भुमिकाका बारेमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

हुम्लामा यो वर्षको पहिलो पटक हिमपात

लामो समय खडेरी परेको हुम्लामा पश्चिमी वायूका कारण अहिले ९ बजेबाट हुम्लामा हिउ पर्न सुरु गरेको छ ।
निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले थालेको भर्ना अभियानको फिजिकल तर्फ एक हजार ५२ जना उत्रिर्ण भएका छन् । एक सातादेखि शुरु भएको...