नेभिगेशन
समाज

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सिमकोट । हिमाली जिल्ला हुम्लामा गाडी चल्न थालेयताको सात वर्षमा भएका ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु भएको छ । यि दुर्घटनामा एक सय ४६ जना घाइते भएका छन् ।

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म यो क्षति भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले जनाएको छ । 

कार्यालयका अनुसार आर्थिक वर्ष ०७६/७७ मा २ वटा सवारी दुर्घटना हँुदा ६ जनाको मृत्यु भएको थियो । यसैगरी आर्थिक वर्ष ०७७/७८ मा ७ जनाको मृत्यु भएको थियो भने ५ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाको तथ्यांकमा उल्लेख  छ ।

आर्थिक वर्ष ०७८/७९ मा भएको एउटा दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने  आर्थिक वर्ष ०७९/०८० मा ११ वटा सवारी साधन दुर्घटना हुँदा २ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ । यो वर्ष ६ जना बेपत्ता भएकाको अँझै केही पत्तो लागेको छैन् । आर्थिक वर्ष ०८०/८१ मा भएका १७ वटा चार जनाको मृत्यु भएको र ३५ जना घाइते भएका छन । यसैगरी आर्थिक वर्ष ०८१र०८२ मा ३१ वटा सवारी दुर्घटनामा ११ जनाको मृत्यु र ४२ जना घाइते भएको जिल्ला टाफिक प्रहरी हुम्लाका इन्चार्ज प्रहरी हवालदार भीमबहादुर बुढाले जानकारी दिन’भयो ।

यस्तै गरी ०८२।०८३ को असोज महिनासम्म ९ वटा सवारी दुर्घटना भएका हुँदा ५ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय हुम्लाले आर्थिक वर्ष ०८१/८२ मा हुम्ला जिल्ला भरी टा«फिक नियम उलघन गर्ने ५६२ वटा सवारीलाई काबाही गरेको छ । क्षमता भन्दा बढी भार बोकेर हिँड्ने सवारी साधनबाट चार लाख ६१ हजार राजस्व संकलन गरेको जिल्ला टाफिक प्रहरी हुम्लाका इन्चार्ज प्रहरी हवालदार भीमबहादुर बुढाले जानकारी दिनुभयो  । आर्थिक वर्ष ०८२ ।०८३ श्रावण  असोज मसान्तसम्म एक सय ८ वटा ट्राफिक नियम उल्लंघन गरेका सवारीबाट ८० हजार राजस्व संकलन समेत भएका इन्चार्ज बुढाले जानकारी दिनुभयो । 

केहि समय अघि मात्रै राष्ट्रिय सडक सञ्जालमा जोडिएको हुम्लामा सर्केगाड र मैला कबाडी गरेर दुई वटा अस्थायी ट्राफिक पोष्ट रहेका छन ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।