नेभिगेशन
समाज

पहिलो पटक हुम्लामा सार्वजनिक यातायातको भाडा दर कायम

सिमकोट ।  भखैरै राष्ट्रिय सडक सञ्जालमा जोडिएको हुम्लामा पहिलो पटक सार्वजनिक यातायातको भाडा दर कायम गरिएको छ । 

सार्वजनिक यातायातका नाममा चर्को भाडा तिरिरहेका जिल्लावासिका लागि हुम्ला हिल्सा यातायात प्रा लीले सिमकोटलाई केन्द्र मानेर संघीय राजधानी काठमाडौं सम्म्का लागि भाडा दर कायम गरेको हो । प्रा.लि.ले भखैरै सार्वजनिक गरेको भाडादर अनुसार सिमकोट बाट स्याप्नेका लागि एक सय भाडा कायम गरिएको छ भने संघीय राजधानी काठमाडौंका लागि सात हजार ५ सय भाडा कायम गरिएको हुम्ला हिल्सा यातायात प्रा.ली. का अध्यक्ष विशाल रोकायाले जानकारी दिए । 

‘जिल्ला सदरमुकाम सिमकोट देखि खार्पुनाथ दुई सय, याङचु दुई सय पचास, बोक्चेगौडा तिन सय, लाली बगर तिन सय पचास, सुनाखाडा चार सय, रिप छ सय, स्यालतडी आठ सय, सर्केगाड एक हजार, सलीसल्ला एक हजार एक सय पचास, बाग्रेचौर एक हजार दुई सय पचास भाडा दर कायम गरिएको छ । यसैगरी प्रालिले सिमकोटबाट खच्चा एक हजार तिन सय, तुम्च एक हजार चार सय र मकै एक हजार पाँच सय कायम गरिएको छ’, अध्यक्ष बोहराले भने ‘सिमकोटदेखि सुर्खेतसम्म पाँच हजार, नेपालगञ्ज पाँच हजार पाँच सय र काठमाडौंका लागि सात हजार पाँच सय भाडा कायम गरिएको छ ।’

पहिलो पटक काठमाडौं सिमकोट सार्वजनिक बस सेवा शुरु गर्न थालेको यातायात प्रा.लि.ले गल्फागार्डको एक हजार ६५०,  दोमुखको एक हजार ८ सय, पैमाको एक हजार ९५०, कवाडीको दुई हजार, धुलाचौरको दुई हजार ३ सय, पिलुचौरको दुई हजार पाँच सय भाडा तय गरिएको छ । यसैगरी बाजुराको बेर्माको दुई हजार  ६५०, काब्डीको दुई हजार सात सय, घाटाचौरको दुई हजार आठ सय, सान्नीघाटको दुई हजार नौं सय, जितेको ३५०० भाडा कायम गरेको छ । 

यसभन्दा अघि जिल्ला भित्र र बाहिर मनपरी भाडा असुल्ने गरिएको हुम्लामा सार्वजनिक भएको भाडा दर अनुसार कायम भएमा जिल्लाबाट बाहिर जाने र आउनेका लागि निकै ठूलो राहत हुने अपेक्षा लिइएको छ । यो भाडा वास्तवमा लागु हुने हो भने जिल्लाका नागरिकहरुलाई वास्तवमै सडक सञ्जालमा जिल्ला जोडिएको आभास हुने प्रतिक्रिया सर्केगाड गाउँपालिका ३ कि स्थानिय सबिता थापाले बताउनु भयो । 

आफूले अहिले उनापानीबाट सिमकोटसम्म आउदा जिपमा एक हजार ५ सय तिरेर आउदा महङगो भएको बताउनु भएकी थापाका अनुसार हुम्ला हिंल्सा यातायात प्रा लीले ८ सय रुपैया भाडा लिदा गरिब तथा विपन्न नागरिकलाई सहज हुनेछ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
जिल्लाका पाँच निकायको समन्वयमा निःशुल्क लोकसेवा तयारी कक्षा शुरु

जिल्लाका पाँच निकायको समन्वयमा निःशुल्क लोकसेवा तयारी कक्षा शुरु

लोकसेवामा हुम्लाको सहभागिता वृद्धि गर्न केहि वर्ष अघि लोकसेवा आयोगको परिक्षा केन्द्र हुम्लामा कायम गरिएको भएपनि तयारी अभावका कारण कहिले आवेदन दिनेको संख्या सुन्य हुने त प्रायः निरासाजनक...