नेभिगेशन
समाज

पहिलो पटक हुम्लामा सार्वजनिक यातायातको भाडा दर कायम

सिमकोट ।  भखैरै राष्ट्रिय सडक सञ्जालमा जोडिएको हुम्लामा पहिलो पटक सार्वजनिक यातायातको भाडा दर कायम गरिएको छ । 

सार्वजनिक यातायातका नाममा चर्को भाडा तिरिरहेका जिल्लावासिका लागि हुम्ला हिल्सा यातायात प्रा लीले सिमकोटलाई केन्द्र मानेर संघीय राजधानी काठमाडौं सम्म्का लागि भाडा दर कायम गरेको हो । प्रा.लि.ले भखैरै सार्वजनिक गरेको भाडादर अनुसार सिमकोट बाट स्याप्नेका लागि एक सय भाडा कायम गरिएको छ भने संघीय राजधानी काठमाडौंका लागि सात हजार ५ सय भाडा कायम गरिएको हुम्ला हिल्सा यातायात प्रा.ली. का अध्यक्ष विशाल रोकायाले जानकारी दिए । 

‘जिल्ला सदरमुकाम सिमकोट देखि खार्पुनाथ दुई सय, याङचु दुई सय पचास, बोक्चेगौडा तिन सय, लाली बगर तिन सय पचास, सुनाखाडा चार सय, रिप छ सय, स्यालतडी आठ सय, सर्केगाड एक हजार, सलीसल्ला एक हजार एक सय पचास, बाग्रेचौर एक हजार दुई सय पचास भाडा दर कायम गरिएको छ । यसैगरी प्रालिले सिमकोटबाट खच्चा एक हजार तिन सय, तुम्च एक हजार चार सय र मकै एक हजार पाँच सय कायम गरिएको छ’, अध्यक्ष बोहराले भने ‘सिमकोटदेखि सुर्खेतसम्म पाँच हजार, नेपालगञ्ज पाँच हजार पाँच सय र काठमाडौंका लागि सात हजार पाँच सय भाडा कायम गरिएको छ ।’

पहिलो पटक काठमाडौं सिमकोट सार्वजनिक बस सेवा शुरु गर्न थालेको यातायात प्रा.लि.ले गल्फागार्डको एक हजार ६५०,  दोमुखको एक हजार ८ सय, पैमाको एक हजार ९५०, कवाडीको दुई हजार, धुलाचौरको दुई हजार ३ सय, पिलुचौरको दुई हजार पाँच सय भाडा तय गरिएको छ । यसैगरी बाजुराको बेर्माको दुई हजार  ६५०, काब्डीको दुई हजार सात सय, घाटाचौरको दुई हजार आठ सय, सान्नीघाटको दुई हजार नौं सय, जितेको ३५०० भाडा कायम गरेको छ । 

यसभन्दा अघि जिल्ला भित्र र बाहिर मनपरी भाडा असुल्ने गरिएको हुम्लामा सार्वजनिक भएको भाडा दर अनुसार कायम भएमा जिल्लाबाट बाहिर जाने र आउनेका लागि निकै ठूलो राहत हुने अपेक्षा लिइएको छ । यो भाडा वास्तवमा लागु हुने हो भने जिल्लाका नागरिकहरुलाई वास्तवमै सडक सञ्जालमा जिल्ला जोडिएको आभास हुने प्रतिक्रिया सर्केगाड गाउँपालिका ३ कि स्थानिय सबिता थापाले बताउनु भयो । 

आफूले अहिले उनापानीबाट सिमकोटसम्म आउदा जिपमा एक हजार ५ सय तिरेर आउदा महङगो भएको बताउनु भएकी थापाका अनुसार हुम्ला हिंल्सा यातायात प्रा लीले ८ सय रुपैया भाडा लिदा गरिब तथा विपन्न नागरिकलाई सहज हुनेछ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।