नेभिगेशन
समाज

आप्mनै संरचनाबाट सेवा सञ्चालन गर्दै अदानचुलीः केहि दिनमा कार्यालय सर्ने 

सिमकोट । अदानचुलीले आप्mनै भवनबाट एकिकृत सेवा प्रारम्भ गर्ने भएको छ ।

श्रीनगर स्वास्थ्य चौकीकको भवनबाट पालिकाका सेवा प्रवाह गर्दै आएको अदानचुली गाउँपालिकाले आप्mनै संरचनाबाट पालिकाका सेवा प्रवाह गर्ने भएको छ । निजि घरको भाडा हुँदै श्रीनगर स्वास्थ्य चौकीको निर्मित भवनबाट सेवा प्रवाह गर्दै आएको अदानचुलीले  आफ्नै नामको जग्गामा बनेको अस्थायी संरचनाबाट एकिकृत सेवा शुरु गर्न लागेको हो । अ

दानचुली गाउँपालिका वडा नम्बर ३ को डाग्राजुरमा निर्मित दुई तले भवनको १० वटा कोठाबाट पालिकाको सेवा प्रवाह गर्ने बताइएको छ । नवनिर्मित भवनका ६ वटा कोठाबाट ३ शाखाका सेवा प्रदान गर्ने भएको छ भने ४ कोठमा एकल कार्यलयको काम संञ्चालन हुने गर्ने योजना पालिकाले अघि सारेको गाउँपालिकाको भण्डारण शाखा प्रमुख हंस महताराले जानकारी दिनुभयो । 

‘पालिकाको विकासमा आएको रकम कार्यालयको भाडामा खर्च भएको छ । यसलाई कम गरी विकासका नाममा आएको रकमलाई विकास खर्चमै बढवा दिने हेतुले हामीले अस्थायी प्रकृतीको भएपनि पालिकाको आप्mनै भव निर्माण गरेर सबै कार्यालय सार्न खोजेका हौं,’ प्रमुख महताराले भने ‘गाउँपालिकालाई आर्थिक ब्ययभार कम गर्न र पालिकाका नागरिकलाई एकिकृत सेवा प्रवाह गर्न यो कामको थालनी गरिएको हो ।’  

अघिल्लो सरकारले खरिद प्रक्रिया अघि बढाएको जग्गालाई आप्mनो नाममा ल्याएर त्यसमै संरचना बनाउने काम गरेर पालिका सञ्चालनको तयारी भैरहेको पालिका अध्यक्ष मोहन विक्रम सिंहले बताए । आगामी वर्ष स्थायी खालको पालिकाका कार्यालय निर्माण गर्ने योजना भएको उल्लेख गरेका अध्यक्ष सिंहले तत्काल पालिकाकाले आर्थिक व्यवभारलाई न्यूनिकरण गर्नका लागि आप्mनै संरचनामा पालिका सार्न लागिएको हो । 

 सात वटा स्थानीय तह भएको हुम्लामा आप्mनै संरचनाबाट कार्यालय सञ्चालन गर्ने अदानचुली चौथो पालिका हुने भएको छ । यस अघि खार्पुनाथ, सर्केगाड र ताँजकोटले आप्mनै भवन निर्माण गरेर पालिकाका सबै सेवा सोहि कार्यालयबट सञ्चालन गरिरहेका छन् । अन्य तिन गाउँपालिका अहिलेपनि भाडाकै घरबाट पालिकाका सेवाहरु प्रवाह गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।