नेभिगेशन
समाज

एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

समकोट ।  जिल्लामा सञ्चालित एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ । 

गुड नवर्स इनटरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्रले कार्यान्वयन गरिरहेको उक्त परियोजनाले चालु वर्ष २०२५ मा सञ्चालन गरेका विभिन्न कामहरुको प्रगति सार्वजनिमक गर्दै बैठक सम्पन्न भएको किर्डा क नेपालका जिल्ला संयोजक जनक बुढाले बताए । 

जिल्लाका सरोकबारवाला निकायका ४२ जनाको उपस्थितमा सम्पन्न भएको कार्यक्रममा परियोजनाले गरेका काम, आगामी दिनको रणनीति लगायतका विषयमा समेत छलफल भएको छ । जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गरेर चार गाउँपालिकाका लागु भएको परियोजना अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ५४  जना विभिन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यालयको पोसाक सहयोग गरिरहेको परियोजनाका कार्यक्रम अधिकृत गोविन्द चौधरीले जानकारी दिए । उनका अनुसार सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख सरिता रावत लगायतका जनप्रतिनिधि, सेवाग्राही, सरोकारवाला निकाय र सञ्चारकर्मीको उपस्थिती रहेको थियो । 

आगामी वर्ष सन २०२६ सम्मको अवधी रहेको यस परियोजना अन्तरगत शिक्षा, वाल संरक्षण, वाल छात्रावृद्धि सम्बन्धि काम किर्डाक नेपाल र स्वास्थ्य तथा सरसफाई, आयआर्जन र कृषि सम्बन्धि काम स्नोल्याण्ड एकिकृत विकास केन्द्रले कार्यान्वयन गर्दै आएको परियोजनाका कार्यक्रम अधिकृत चौधरी जााकरी दिए । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।