नेभिगेशन
समाज

एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

सिमकोट । जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि र आयआर्जन सम्बन्धि कार्यक्रम गरिरहेको एकिकृत सामुदायिक विकास परियोजनाले हुम्लाका अति विपन्न बालबालिकाका अविभावकहरुलाई वस्तुगत सहायता हस्तान्तरण गरेको छ ।

 गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लद्धारा सञ्चालित उक्त परियोजनाले सहयोग गरेका सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ४५ जना बालबालिकाहरु मध्ये सिमकोटका १० जना अति विपन्न बालबालिकाका घर परिवारलाई ३ लाख ६६ हजार ६ सय २८ मूल्य बराबरको वस्तुगत सहायता हस्तान्तरण गरिएको परियोजनाका अधिकृत गोविन्द चौधरीले जानकारी दिए । 

किर्डाक नेपाल हुम्लाका लेखा अधिकृत प्रेम बुढाको अध्यक्षता र सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीको प्रमुख आतित्थ्यतामा आयोजना गरिएको एक कार्यक्रमका बिच उक्त सामाग्री हस्तान्तरण गरिएको हो । 

’परियोजनाले स्पोन्सर गरेका सिमकोट गाउँपालिका वडा नम्बर २ का शुसिला सुनार र रोशन सुनार, ३ का शोभानसिंह सुनार, ५ कि बाँचकली रावत, ६ कि सृजना सुनारलाई उक्त वस्तुगत सहायता प्रदान गरिएको छ’, परियोजना अधिकृत चौधरीले भने, ’सहयोग पाउनेमा वडा नम्बर ७ का टेकबहादुर कामी, भुवन मल्ल र शुष्मा सिंह, ८ का शिखर बुढा र तिर्थराज रोकायाका घरपरिवार रहेका छन् ।’

घरको आर्थिक अवस्थालाई मध्यनजर गर्दै प्रति घर परिवार ३ वटा ब्लांकेट, ३ वटा बेडसिट, ३ वटा गद्दा, एक बाटा, ५ वटा प्लेट, ५ लिटरको राईस कुकर १, एक वटा प्लाष्टिक जग, ६ वटा स्टिल कप, ६ वटा स्टिल कचौरा, १० लिटरको पानि खाने ग्गालेन, २५ केजिका  ४ प्याक मसिनो चामल, ५ केजिका ४ वटा आटो, २ केजि चिनि, २ प्याक चियापत्ति, कपडा धुने सावुन, नुहाउने साबुन, ब्रस मञ्जन लगायतका सामाग्री रहेको परियोजना अधिकृत चौधरीले जानकारी दिनुभयो । 

कार्यक्रमलाई संवोधन गर्दै सिमकोट गाउँपालिकाका अध्यक्ष बिजय भण्डारीले बालबालिकाकै कारण परिवारले वस्तुगत सहायता प्राप्त गरेकाले आप्mना बालबालिकालाई अध्ययनमा थप  सहयोग गर्न आग्रह गरे । 

‘तपाईको घरको आर्थिक अवस्था जस्तो भएपनि तपाईका बालबालिकाको नाताले परियोजनाले तपाईहरुलाई यो वस्तुगत सहयोग प्रदान गरेको छ’, अध्यक्ष भण्डारीले भने, ‘तपाईहरुले बालबालिकाको अध्ययनमा ध्यान नदिएको खण्डमा अहिले पाएको सहयोग समेत भविष्यमा नपाउने अवस्था हुनसक्छ । त्यसैले आजदेखि थप ध्यान दिएर पढाउन तपाईहरुको पहल हुनुपर्छ ।’

वस्तुगत सहायता हस्तान्तरण कार्यक्रमलाई संवोधन गर्दै रेडियो कर्णाली आवाजका स्टेहन म्यानेजर नवराज महताराले वस्तुगत सहायता लिन पुगेको अविभावकहरुलाई इंगित गर्दै तत्काल घरको कमजोर आर्थिक अवस्था भएपनि यहाँहरुको सहयोग पाए तपाईहरुका बालबालिका भोली पालिका प्रमुख देखि देशको प्रधानमन्त्रीसम्म हुने भएकाले हरेक दिन १० मिनेट का दरले अध्ययनको समय वृद्धि गराउन आग्रह गरे । 

परियोजना का साझेदार गुन नेवर्स इन्टरनेशनल, किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्रका प्रतिनिधि, विषेश वस्तुगत सहायता प्राप्त गर्ने बालबालिकाका अविभावकहरुको सहभागिता रहेको कार्यक्रममा साझेदार संस्थाहरुका प्रतिनिधि र बालबालिकाका अविभावकहरुको सहभागिता रहेको थियो । 
कार्यक्रममा वितरित सहयोग सामाग्री सिमकोट गाउँपालिकाका अध्यक्ष भण्डारी र रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर महताराले संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको एकिकृत सामुदायिक विकास परियोजना हुम्लाले जनाएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हेल्थ अश मेडिकल सेन्टरद्वारा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन, शिविरबाट करिब ५५० जना लाभान्वीत

हेल्थ अश मेडिकल सेन्टरद्वारा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन, शिविरबाट करिब ५५० जना लाभान्वीत

हेल्थ अश मेडिकल सेन्टरको आयोजनामा सर्केगाड गाउँपालिका–८ को रादेउ र रोडिकोटमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा...
हुम्ला  पुर्ण खोप जिल्ला घोषणा

हुम्ला पुर्ण खोप जिल्ला घोषणा

जिल्लाका सातवटै स्थानीय तहमा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको, लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गरेको तथा खोप सेवा निरन्तर सञ्चालन...
हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

नेपाल सरकारले देशभरका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

नेपाल सरकारले देशभरका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ।