नेभिगेशन
समाज

सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

सिमकोट । सर्केगाड गाउँपालिका वडा नम्बर २ मा आगलागी हुँदा जलेर २ जना घाइते भएका छ । आगलागीबाट पाँच घर जलेको स्थानीय बिजय फडेराले जानकारी दिनुभयो । 

उनका अनुसार हिजो राती ११ बजे लैबा फडेरोको घरबाट अचानक शुरु भएको आगलागिमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । आगोमा परेर दुवैजनाको शरिर निकै जलेको छ । घाइेते दुवैजनालाई थप उपचारका लागि राती नैं एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोटमा ल्याएने काम भैरहेको छ । 

‘आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ती फडेराको घर जलेको अवस्थामा छन् भने रमेश महतारा, मोहन महताराको सामानहरु जलेर नष्ट भएका छन् । कति क्षती भएको भन्ने एकिन विवरण अहिलेसम्म आएको छैन्’ आगलागि नियन्त्रणमा खटिएका बिजय फडेराले नेपालवोटसँग भने, ‘राती आगलागी भएका कारण नियन्त्रणमा निकै समय लाग्यो ।’ 

रिप गाउँ र छिमेकी उनापानीका स्थानीयको पहलमा अहिले बिहान साडे २ बजेतिर आगो नियन्त्रणमा आएको फडेराले जानकारी दिए । 

अगालागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ‘सर्केगाड प्रहरी चौकीबाट खटिएको टोली आगो नियन्त्रणमै लागेकाले क्षतीको विवरण एकिन गर्न सकिएको छैन्‘ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इनिष्पेक्टर विष्णु श्रेष्ठले रेडियो कर्णाली आवाजसँग कुरकानी गर्दै भने ‘घटनामा घाइते भएका दुई जनालाई सिमकोट ल्याउने काम भैरहेको छ भने अहिले आगोपनि नियन्त्रणमा ल्याइएको छ ।’

घटना स्थलमा अहिले सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देविका तिमिल्सीना लगायतको टोली उद्धार र राहत सामाग्री सहित पुगेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।