नेभिगेशन
समाज

सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

सिमकोट । सर्केगाड गाउँपालिका वडा नम्बर २ मा आगलागी हुँदा जलेर २ जना घाइते भएका छ । आगलागीबाट पाँच घर जलेको स्थानीय बिजय फडेराले जानकारी दिनुभयो । 

उनका अनुसार हिजो राती ११ बजे लैबा फडेरोको घरबाट अचानक शुरु भएको आगलागिमा परेर स्थानीय लैबा फेडेरा र बम्बु फडेर घाइते भएका छन् । आगोमा परेर दुवैजनाको शरिर निकै जलेको छ । घाइेते दुवैजनालाई थप उपचारका लागि राती नैं एम्बुलेन्सबाट जिल्ला अस्पताल सिमकोटमा ल्याएने काम भैरहेको छ । 

‘आगलागीबाट रिप गाउँका स्थानीय लैबा फडेरा, जयराम फडेरा, क्रान्ती फडेराको घर जलेको अवस्थामा छन् भने रमेश महतारा, मोहन महताराको सामानहरु जलेर नष्ट भएका छन् । कति क्षती भएको भन्ने एकिन विवरण अहिलेसम्म आएको छैन्’ आगलागि नियन्त्रणमा खटिएका बिजय फडेराले नेपालवोटसँग भने, ‘राती आगलागी भएका कारण नियन्त्रणमा निकै समय लाग्यो ।’ 

रिप गाउँ र छिमेकी उनापानीका स्थानीयको पहलमा अहिले बिहान साडे २ बजेतिर आगो नियन्त्रणमा आएको फडेराले जानकारी दिए । 

अगालागीको जानकारी पाउने बित्तिकै सर्केगाड प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । ‘सर्केगाड प्रहरी चौकीबाट खटिएको टोली आगो नियन्त्रणमै लागेकाले क्षतीको विवरण एकिन गर्न सकिएको छैन्‘ जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख इनिष्पेक्टर विष्णु श्रेष्ठले रेडियो कर्णाली आवाजसँग कुरकानी गर्दै भने ‘घटनामा घाइते भएका दुई जनालाई सिमकोट ल्याउने काम भैरहेको छ भने अहिले आगोपनि नियन्त्रणमा ल्याइएको छ ।’

घटना स्थलमा अहिले सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देविका तिमिल्सीना लगायतको टोली उद्धार र राहत सामाग्री सहित पुगेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४ प्रतिशत जलेको जानकारी दिए । 
एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लद्धारा सञ्चालित उक्त परियोजनाले सहयोग गरेका सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ४५ जना...
एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गरेर चार गाउँपालिकाका लागु भएको परियोजना अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ५४  जना विभिन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यालयको पोसाक...
आप्mनै संरचनाबाट सेवा सञ्चालन गर्दै अदानचुलीः केहि दिनमा कार्यालय सर्ने 

आप्mनै संरचनाबाट सेवा सञ्चालन गर्दै अदानचुलीः केहि दिनमा कार्यालय सर्ने 

दानचुली गाउँपालिका वडा नम्बर ३ को डाग्राजुरमा निर्मित दुई तले भवनको १० वटा कोठाबाट पालिकाको सेवा प्रवाह गर्ने बताइएको छ । नवनिर्मित भवनका ६ वटा कोठाबाट ३ शाखाका...