नेभिगेशन
समाज

रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

सिमकोट । सर्केगाड गाउँपालिका को रिपमा भएको आगलागीमा जलेका दुवैजना घाइतेलाई भर्खरै जिल्ला अस्पताल सिमकोट ल्याइएको छ ।

बिहान २ बजे एम्बुलेन्सबाट ल्याइएको लैबा फडेरा र उनकी श्रीमती बम्बु फडेरालाई सिमकोट ल्याइए लगत्तै उपचार शुरु भएको जिल्ला अस्पताल सिमकोटले जनाएको छ । 

अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४ प्रतिशत जलेको जानकारी दिए । 

‘लैबुको ५४ प्रतिशत शरिर आगोले खाएका कारण जिल्लामा उपचार अलि जटिल छ’, डा. तिवारीले रेडियो कर्णाली आवाजसँग भने ‘श्रीमती बम्बुको १८ प्रतिशत शरिरलाई आगोले खाएका कारण जिल्लामै उपचार संभव छ । ’

डा. तिवारीका अनुसार लैबुलाई तत्कालै जिल्ला बाहिर रिफर गरिएको छ । अहिले बिहान जहाज आउने बित्तिकै प्रदेश अस्पताल वा अन्यत्र पठाउने तयारी जिल्ला अस्पतालले गरेको छ ।  लैबु फडेराको घरबाट हिजो राती शुरु भएको आगोल लैबा फडेरा, जयराम फडेरा, क्रान्ती फडेराको घर जलेर नष्ट भएको रिपका स्थानीय बिजय फडेराले जानकारी दिए । उनका अनुसार आगलागीमा परेर रमेश महतारा र मोहन महताराको घर लगाउन जम्मा गरिएको सामाग्रीहरु पुरै जलेका छन् । 

अगालागीबाट भएको क्षतीको विवरण अँझै एकिन भएको छैन् । 

पालिकाको टोली आगलागि स्थलमा
रिपको आगलागी स्थलमा सर्केगाड गाउँपालिकाका अध्यक्ष ठानबहादुर रोकाया, उपाध्यक्ष देवकी तिमिल्सीनाको टोली पुगेको छ । 

आगलागीको खबर पाउने बित्तिकै पालिका केन्द्र सर्केगाडबाट बिहान आएको पालिका अध्यक्ष र उपाध्यक्षको टोलीले आगलागीबाट क्षती भएका घरहरुको स्थलगत अवलोकन गरेको पालिका उपाध्यक्ष देवकी तिमिल्सीनाले जानकारी दिनुभयो । 

‘हामी आउञ्जेलसम्म आगलागि नियन्त्रणमा आएसकेको थियो । अहिले आगलागिले क्षती भएका घरहरुको अवलोकन गर्ने, घाइतेको थप उपचार र राहतका लागि के गर्ने भन्ने बारेमा छलफल गरिरहेका छौं,’ रिपमा भएकी पालिका उपाध्यक्ष तिमिल्सीनाले भन्नभयो, ‘शुरुमा हामी आगलागिमा घाइते भएका लैबुको परिवारलाई उपचारको व्यवस्था गर्छौ । त्यस लगत्तै क्षतीग्रस्त घर र परिवारलाई राहतका लागि आवश्यक पहल कदमी गर्छौ ।’

आगलागी भएका घरमा मान्छे नभएका कारण मानविय क्षती नभएको उल्लेख गरेकी तिमिल्सीनाले क्षतीग्रस्त घरका मुलिहरुसँगको परामर्शमा आवश्यक राहत र क्षतीग्रस्त घर पुनः निर्माणमा लाग्ने प्रतिक्रिया दिइन । 
हिजो राती ११ बजे लागेको आगो गाउँलेहरुको पहलमा आज बिहान साढे २ बजे नियन्त्रत्रणमा ल्याइएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।