नेभिगेशन
समाज

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन


  सिमकोट गाउँपालिका वडा नम्बर ८ को  स्याडा गाउँमा लागु औषध दुव्र्यसनी र बालश्रम, बालबिबाह अन्त्यका लागी सडक नाटक प्रर्दशन गरिएको छ ।

हिमाली युवा क्लब स्याडाको आयोजनामा उक्त सडक नाटक प्रर्दशन गरिएको किर्डाक नेपाल हुुम्लाका सामाजिक परिचालक दिपक सिंहले जानकारी दिनुभयो ।

गुड नेर्वस इन्टरनेसनल नेपालको आर्थिक सहयोग, किर्डाक नेपाल र सिमकोट गाउँपालिकाको सहकार्यमा स्याडामा सडक नाटक गरिएको हो । पछिल्लो सममयमा युवा तथा बालबालिकाहरू लागूपदार्थ दुव्र्यसनीमा फसेकाले थोरै भए पनि सचेतना फैलिने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको सामाजिक परिचालक सिंहले बताउनुभयो ।

नाटकले लागू पदार्थ दुव्र्यसनी न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सहभागीहरू वक्ताहरूको भनाई थियो ।  बालबालिकाहरूले समाजमा लागु पदार्थ दुव्र्यसन तथा घरेलु हिंसा जस्ता विभिन्न समस्यामा पर्ने र समाजमा धेरै बालबालिकामा हुने घटनाहरूलाई मध्य नजर गरी सबैमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, राजनितिक दलका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीहरू र स्थानिय गरी २५० जनाको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४ प्रतिशत जलेको जानकारी दिए । 
सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

‘आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ती फडेराको घर जलेको अवस्थामा छन्, घरको अधिकांश भाग जलेको छ । कति क्षती भएको भन्ने एकिन...
एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लद्धारा सञ्चालित उक्त परियोजनाले सहयोग गरेका सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ४५ जना...
भर्खरै