नेभिगेशन
समाज

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन


  सिमकोट गाउँपालिका वडा नम्बर ८ को  स्याडा गाउँमा लागु औषध दुव्र्यसनी र बालश्रम, बालबिबाह अन्त्यका लागी सडक नाटक प्रर्दशन गरिएको छ ।

हिमाली युवा क्लब स्याडाको आयोजनामा उक्त सडक नाटक प्रर्दशन गरिएको किर्डाक नेपाल हुुम्लाका सामाजिक परिचालक दिपक सिंहले जानकारी दिनुभयो ।

गुड नेर्वस इन्टरनेसनल नेपालको आर्थिक सहयोग, किर्डाक नेपाल र सिमकोट गाउँपालिकाको सहकार्यमा स्याडामा सडक नाटक गरिएको हो । पछिल्लो सममयमा युवा तथा बालबालिकाहरू लागूपदार्थ दुव्र्यसनीमा फसेकाले थोरै भए पनि सचेतना फैलिने भएकाले यो कार्यक्रम सञ्चालन गरिएको सामाजिक परिचालक सिंहले बताउनुभयो ।

नाटकले लागू पदार्थ दुव्र्यसनी न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सहभागीहरू वक्ताहरूको भनाई थियो ।  बालबालिकाहरूले समाजमा लागु पदार्थ दुव्र्यसन तथा घरेलु हिंसा जस्ता विभिन्न समस्यामा पर्ने र समाजमा धेरै बालबालिकामा हुने घटनाहरूलाई मध्य नजर गरी सबैमा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी, राजनितिक दलका पदाधिकारी, शिक्षक, अभिभावक र विद्यार्थीहरू र स्थानिय गरी २५० जनाको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।