नेभिगेशन
समाज

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका २ थाली गाउँमा आगलागीबाट एक बालकको मृत्यु भएको छ । साढे ६ बजे लागेको आगोबाट जलेर खार्पनाथ गाउँपालिकाका २ वर्षिय रेबेन्द जेठाराको मृत्यु भएको हो । 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 

रावलका अनुसार गाउँलेसँग गुहार मागेर आगो नियन्त्रण गराउन हिडेकी बालककी आमा घर फर्किदा आगो दन्केर बालक भित्रै रहेका थिए । तिनतले घरको माथिल्लो तल (आटी)बाट आगो सल्केकाले एकै छिन आगोका लाप्काले नियन्त्रणमै कठिन भएको अर्का प्रत्यक्षदर्सी दया रावलले जानकारी दिए । 

घर भित्र सँग बसेको दुई भाइ मध्ये जेठा दाई बाहिर निस्केपछि २ वर्षका रेबेन्द जेठाराको मृत्यु भएको स्थानीय रावलले जानकारी दिए । 

छिनमै आगोको लप्काले घर जल्न थालेपछि हामीले घर भित्रै रहेको बालकलाई जिवित उद्धार गर्न सकेनौं रावलले भने, गनउँका सबै घरधुरी जम्मा भएर खानेपानीका सबै लाइन काटेर पानी, माटोले घर भत्काएपछि साढे एक घटामा आगो नियन्त्रण त आयो दुर्भाग्य भित्र रहेको बालकलाई जिवित उद्धार गर्न सकिएन । 

आगो नियन्त्रण गर्नका लागि माथिबाट फालेका पानीको फोहरा, माटो र ढुंगा लागेर बालकको शरिर क्षतविक्षत अवस्थामा भेटिएको बताएका स्थानीय दया रावतले रामराज जेठाराको घरमा भएको सबै जलेर नष्ट भएको जानकारी दिए । 

‘घर भित्र रहेको पैशा, अन्नपात, लत्ता कपडा, केहि रहेन । माथिल्लो तलमा बस्ने राजराजको सबै जलेर नष्ट भयो भने तल्लो तलामा बसेका छेपी जेठाराको पनि आधा भन्दा बढि सामान जलेको छ । यद्यपी क्षतिको विवरण भने एकिन गर्न सकिएको छैन्’  उनले थपे ।  
स्थानीय शंकर माध्यमिक विद्यालयका लेखापाल समेत रहेका रामराज शाही विद्यालयका शिक्षकको पारिश्रमिक हाल्न गाउँपालिका केन्द्र यांचुकुना गएको बेला उनको घरमा आगलागि भएको हो । 

खार्पुनाथको प्रहरी चौकी पालिका केन्द्र यांचुकुनामा भएको र आगलागी स्थल भन्दा तीन घण्टाको दुरीमा भएकाले यो समाचार तयार पारुञ्जेलसम्म प्रहरी घटनास्थलमा पुगेको छैन् । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रबत्ता विष्णु श्रेष्ठका अनुसार घटनाको जानकारी पाउने बित्तिकै याङ्चु प्रहरीचौकीबाट ५ जनाको टोली घटना स्थलमा हिडेको छ । 
टोली पुगेपछि मात्रै घटनाको विस्तृत जानकारी हुने श्रेष्ठले जानकारी दिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।