नेभिगेशन
समाज

२० वर्षीया गर्भवती छत्याललाई नेपाली सेनाको हवाईद्धारा जिल्ला बाहिर उद्धार 

सिमकोट  ।        हुम्ला जिल्ला सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २० वर्षीया गर्भवती महिला मनिषा छत्याललाई गम्भीर सुत्केरी जटिलताका कारण आज जिल्ला बाहिर रिफर गरिएको छ  ।


जिल्ला अस्पताल हुम्लाकी सिनियर अनमी सरिता बोहराका अनुसार, छत्याललाई सुत्केरी बेथा लाग्दा बच्चाको टाउको निस्कनुपर्ने ठाउँमा हात निस्किएको पाइएकाले तत्काल सर्जरी आवश्यक भएको थियो।

तर अस्पतालमा विश्वसग्य डाक्टर र आवश्यक सर्जिकल उपकरण अभाव भएकाले उनलाई बाहिरी, सुविधा सम्पन्न अस्पतालमा रिफर गर्नु परेको हो।


त्यसैगरी, छत्यालको ओ पोजेटिभ रक्तसमूह भएको र रगतको अभाव समेत देखिएको हुँदा थप जोखिम हुनसक्ने भएकाले समयमै रिफर गरिएको अस्पताल स्रोतले जनाएको छ।


स्थानीयका अनुसार, हुम्ला जस्तो दुर्गम जिल्लामा विशेषज्ञ डाक्टर र स्वास्थ्य उपकरणको अभावका कारण सुत्केरी महिलाले समयमा उपचार नपाउने समस्या बारम्बार दोहोरिन थालेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

सर्केगाड गाउँपालिका वडा नम्बर २ को लिप्ने खोलामा पुल निर्माणका लागि सांसद हर्क साम्पाङले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूले आवतजावतमा सहजता ल्याउन पुल निर्माणको...
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...