नेभिगेशन
समाज

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

सिमकोट । हुम्लाको अदानचुली गाउँपालिका वडा नम्बर ४ को रिल्म र बिगोठी गाउँमा ठेउला (चिकेनपक्स) रोग देखिएको आशंका गरिएको छ । 

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको अदानचुली गाउँपालिका स्वास्थ्य शाखाका जन स्वास्थ्य निरिक्षक सन्तोष बुमीले बताउनुभयो । उहाँका अनुुसार ५५ जना बिरामीलाइ सामान्य चेक जाँच गर्दा ३५ जना बिरामी फेला परेका हुन । ठेउला रोग लागेका बिरामीमा अनुुहार, शरीर र पाखुुराभरि ठेउलाजस्तै फोका आएका छन् ।

बिरामीको शरीरमा आएको बिरामीको लक्षण हेर्दा ठेउला भएको हुन सक्ने भएकाले उपचार गर्न र परीक्षणका लागि नमुना संकलन गर्न गएपछि ठेउला भएको बताउनु भएको छ । गाउँमा ठेउलाका बिरामी मात्रै नभएर बिभिन्न रोगको समेत प्रकोप रहेको बुमीले जानकारी दिनु भएको छ । यो भाइरसबाट सर्ने सरुवा रोग भएका कारण अन्य मानिसमा सर्ने डर देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन
रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४ प्रतिशत जलेको जानकारी दिए ।