नेभिगेशन
समाज

जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि


सिमकोट

मौषम परिवर्तनका कारण पछिल्लो समयमा जिल्ला अस्पतालमा बिरामीको चाप बढेको छ । जिल्ला अस्पताल हुम्लामा यो समयमा दैनिक ६० देखी ७० जना बिरामी उपचारका लागि ओपिडीमा आउन थालेको जिल्ला अस्पताल हुम्लाले जनाएको छ । आईतबार र सोमबार सबभन्दा बढि बिरामी चेकजाँच गर्न आउनेको संख्या बढेको जिल्ला अस्पताल हुम्लाका निमिक्त प्रमुख डाक्टर मनिस देबले जानकारी दिनुभएको छ ।

पुषको पहिलो हप्ता सम्म जिल्ला अस्पतालमा बिरामी एकदमै कम आउने गरेका थिए तर जिल्लाका दक्षिण क्षेत्रका गाउँपालिकामा बिरामी हुने बढेका थिए । पुषको १५, १६ गतेबाट जिल्ला अस्पतालमा सिजनल रुघाखोकीका बिरामी बढी आउने गरेको निमिक्त प्रमुख देबले बताउनु भएको छ । अस्पतालमा भर्ना गर्ने खालका बिरामी नभएपनि ओपिडिमा दैनिक चेकजाँच गर्न आउने बिरामीको संख्या एक दिनमा ७० जना सम्म पुग्ने गरेका छन ।

मौषममा परिवर्तन भएदेखी विगत केही दिनदेखि ज्वरो, रुघाखोकी, दम, टाइफाइड जस्ता रोगका बिरामीको संख्या बढेको अस्पताल स्रोतले जनाएको छ । यो चिसो मौषम भएको हुदा बिरामीको संख्या बढेको जनाइएको छ । अन्य दिर्घकालिन रोगका बिरामी र ज्वरो, रुघाखोकी, दम, टाइफाइड जस्ता बिरामी बढेका छन । यो मौषममा प्राय जसो बालबालिका, वृद्धवृद्धा, गर्भवती महिलालाई चिसोले समस्या बनाउने भएकाले न्यानो कपडा लगाउन र झोलिलो खानेकुरा खान निमिक्त प्रमुख डाक्टर मनिस देबले सुझाब दिनुभएको छ ।
 

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।