नेभिगेशन
समाज

मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै


सिमकोट

लामो समय खडेरी परेको वेला आजदेखि मौशममा फेरबदल आएको छ । सोमबार राती देखि जिल्ला सदरमुकाम सिमकोट लगायतका क्षेत्रमा आएको मौशममा परिवर्तन आएका कारण जिल्लामा निकै जाडो बढेको बताइएको छ । राती देखि बढेको जाडोका कारण उच्च स्थानमा सामान्य हिमपात परेको छ । मौषममा आएको परिवर्तनका कारण जाडो भएपछि जिल्लाका कार्यालयमा आगो तापेर काम गर्नुपर्ने अवस्था आएको छ ।

गएको एक दुई दिनमा जिल्लामा चिसो अत्याधिक बढेपछि हुम्लाका कार्यालयमा कर्मचारीले आगो ताप्दै नागरिकलाई सेवा दिइरहेका छन् । जिल्लामा चिसो बढेकाले यहाँका नागरिकको जनजिबन कष्टकर बनाएको छ । सिमकोटको तापक्रम बिहान माइनस १० सम्म पुगेको छ । चिसो बढेकाले जिल्लाका सबै सरकारी तथा गैरसरकारी कार्यालयमा आगो ताप्दै नागरिकलाई सेवा दिने गरेको जिल्ला हुलाक कार्यालयका निमिक्त प्रमुख अकल बमले बताउनु भएको छ ।

जिल्लामा पछिल्लो दुई दिनदेखी चिसो बढेकाले यहाँका नागरिकले बाक्लो कपडाको प्रयोग गर्ने गरेका छन । अत्याधिक चिसो बढेको हुदा कार्यालयको कामकाज गर्न समस्या बनाएको निमिक्त प्रमुख बमको भनाइ रहेको छ । उता जिल्ला अस्पतालमा पनि आगो बालेर बिरामीलाई सेवा प्रवाह गरिएको छ । अस्पतालमा भर्ना भएका बिरामीले आगो ताप्दै उपचार लिएका छन ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।