नेभिगेशन
समाज

हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने


सिमकोट 

जिल्ला प्रशासन कार्यालय हुम्लाको संयोजनमा जिल्ला स्थित सबै सरकारी कार्यालयको सार्वजनिक सुनुवाई हुने भएको छ । जसमा सामाजिक विकास कार्यालय, पूर्वधार विकासक कार्यालय, राष्ट्यि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (स्याउजोन), खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय र कर्णाली करिडोर उत्तर खण्ड हिल्सा सिमकोट सडक योजना, आयुर्वेद स्वास्थ्य केन्द्र, कृषि विकास, पुर्वाधार विकास कार्यालय, पशु अस्पताल तथा पशु सेवा लगाएतका कार्यालयको आर्थिक वर्ष २०८२÷८३ पौष महिना सम्ममा  भए गरेका कार्य र अन्य विषयवस्तुको समेत सार्वजनिक सुनुवाई हुने प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले  बताउनु भएको छ ।


। जिल्ला समन्वय समितिको सभा हलमा शुक्रबार २५ गतेका दिन सरकारी कार्यालयको सार्वजनिक सुनुवाई हुने भएकाले आम सेवाग्राहीलाई उपस्थितका लागि अनुरोध गरिएको छ ।
यि विभिन्न कार्यालयको सेवा प्रवाह, विकास निर्माण, विकासे योजना, आयोजनाका विषयमा चित्त नबुझेका कुरा राख्नका लागि हुम्लाका सबै नागरीक उपस्थितका लागि एक सुचना समेत जारी गरिएको छ । ठूला विकासे आयोजना भएका कार्यालयहरु भएकाले सबैको उपस्थित आवश्यक रहेको बताइएको छ ।


सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ र सम्बन्धित नियमावली २०६५ को नियम १९ अनुसार कार्यालयको काम, कारवाहीलाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउनुका साथै सर्वसाधरण तथा सरोकारवालाको कानूनसम्मत सरोकारलाई सम्बोधन गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको अध्यक्षतामा पौष २१ गते दिउसो एक बजे बसेको बैठकले सार्वजनिक सुनुवाई गर्ने निर्णय गरिएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।