नेभिगेशन
समाज

हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने


सिमकोट 

जिल्ला प्रशासन कार्यालय हुम्लाको संयोजनमा जिल्ला स्थित सबै सरकारी कार्यालयको सार्वजनिक सुनुवाई हुने भएको छ । जसमा सामाजिक विकास कार्यालय, पूर्वधार विकासक कार्यालय, राष्ट्यि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (स्याउजोन), खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय र कर्णाली करिडोर उत्तर खण्ड हिल्सा सिमकोट सडक योजना, आयुर्वेद स्वास्थ्य केन्द्र, कृषि विकास, पुर्वाधार विकास कार्यालय, पशु अस्पताल तथा पशु सेवा लगाएतका कार्यालयको आर्थिक वर्ष २०८२÷८३ पौष महिना सम्ममा  भए गरेका कार्य र अन्य विषयवस्तुको समेत सार्वजनिक सुनुवाई हुने प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले  बताउनु भएको छ ।


। जिल्ला समन्वय समितिको सभा हलमा शुक्रबार २५ गतेका दिन सरकारी कार्यालयको सार्वजनिक सुनुवाई हुने भएकाले आम सेवाग्राहीलाई उपस्थितका लागि अनुरोध गरिएको छ ।
यि विभिन्न कार्यालयको सेवा प्रवाह, विकास निर्माण, विकासे योजना, आयोजनाका विषयमा चित्त नबुझेका कुरा राख्नका लागि हुम्लाका सबै नागरीक उपस्थितका लागि एक सुचना समेत जारी गरिएको छ । ठूला विकासे आयोजना भएका कार्यालयहरु भएकाले सबैको उपस्थित आवश्यक रहेको बताइएको छ ।


सुशासन व्यवस्थापन तथा सञ्चालन ऐन २०६४ र सम्बन्धित नियमावली २०६५ को नियम १९ अनुसार कार्यालयको काम, कारवाहीलाई स्वच्छ, पारदर्शी र वस्तुनिष्ठ बनाउनुका साथै सर्वसाधरण तथा सरोकारवालाको कानूनसम्मत सरोकारलाई सम्बोधन गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हो । प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीको अध्यक्षतामा पौष २१ गते दिउसो एक बजे बसेको बैठकले सार्वजनिक सुनुवाई गर्ने निर्णय गरिएको हो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

लामो समय खडेरी परेको वेला आजदेखि मौशममा फेरबदल आएको छ । सोमबार राती देखि जिल्ला सदरमुकाम सिमकोट लगायतका क्षेत्रमा आएको मौशममा परिवर्तन आएका कारण जिल्लामा निकै जाडो बढेको...
जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

जिल्ला अस्पतालमा बिरामी आउनेको संख्या वृद्धि

मौषममा परिवर्तन भएदेखी विगत केही दिनदेखि ज्वरो, रुघाखोकी, दम, टाइफाइड जस्ता रोगका बिरामीको संख्या बढेको अस्पताल स्रोतले जनाएको छ ।