नेभिगेशन
समाज

प्रतिनिधिसभा निर्वाचन लक्षित गर्दै हुम्लामा रावललाई जिम्मेवारी

सिमकाेट ।     नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य दल रावल हुम्ला जिल्लाको इन्चार्जमा नियुक्त भएका छन्।

नेकपा (एमाले) केन्द्रीय पदाधिकारीको हालै बसेको बैठकले प्रदेश तथा जिल्ला इन्चार्जहरू तोक्ने निर्णय गरेसँगै रावललाई हुम्ला जिल्लाको जिम्मेवारी प्रदान गरिएको हो।

एमाले कर्णाली प्रदेश कमिटीको आज बसेको सातौँ बैठकले कर्णाली प्रदेशका दश वटै जिल्लाका लागि निर्वाचन इन्चार्ज तोक्ने निर्णय गरेको छ।

आसन्न प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा तथा वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै बैठकले हुम्ला जिल्लाको निर्वाचन इन्चार्जका रूपमा दल रावलको नाम सिफारिस गरेको हो।

नेकपा (एमाले) कर्णाली प्रदेशका केन्द्रीय सदस्यसमेत रहेका रावललाई हुम्ला जिल्लामा पार्टीको संगठन सुदृढीकरण, निर्वाचन तयारी तथा समन्वयको मुख्य जिम्मेवारी दिइएको छ।

हुम्ला जिल्लामा पार्टी गतिविधि प्रभावकारी बनाउन र निर्वाचनमा पार्टीलाई बलियो बनाउने उद्देश्यसहित उनलाई इन्चार्जको जिम्मेवारी तोकिएको जनाइएको छ।

नेकपा (एमाले) हुम्लाका जिल्ला अध्यक्ष ज्ञामी बुमीका अनुसार, आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रावललाई हुम्ला जिल्लाको निर्वाचन इन्चार्जको जिम्मेवारी दिइएको हो।

उनका अनुसार रावलको अनुभव, संगठनात्मक क्षमता र राजनीतिक योगदानलाई आधार मानेर यो जिम्मेवारी प्रदान गरिएको हो।

यसअघि एमाले हुम्लाको जिल्ला इन्चार्जको जिम्मेवारी छक्कबहादुर लामाले सम्हाल्दै आएका थिए।

रावल २०७४ सालमा कर्णाली प्रदेशसभा सदस्यमा निर्वाचित भई प्रदेश सरकारको सामाजिक विकास मन्त्रीसमेत भइसकेका अनुभवी नेता हुन्।

दल रावल यसअघि पनि एमाले हुम्लाको जिल्ला अध्यक्षको रूपमा पार्टी नेतृत्व गरिसकेका छन्। उनी ११औँ महाधिवेशनअघि पार्टीको केन्द्रीय सदस्यसमेत रहँदै आएका थिए। पार्टी संगठन र जनसम्पर्कमा सक्रिय भूमिका निर्वाह गर्दै आएका रावललाई पुनः महत्वपूर्ण जिम्मेवारी दिइनु हुम्लामा पार्टीलाई थप मजबुत बनाउने रणनीतिका रूपमा हेरिएको छ।

त्यसैगरी कर्णाली प्रदेशका अन्य जिल्लाहरूमा पनि निर्वाचन इन्चार्ज तोकिएको छ।

मुगु जिल्लामा जितबहादुर मल्ल, डोल्पामा बझी कुमारी बुढा, जुम्लामा दानसिंह परियार, सल्यानमा गोविन्द पुन, रुकुम पश्चिममा सुशील कुमार थापा, कालिकोटमा नागेन्द्र शाही, जाजरकोटमा डम्बर बहादुर सिंह, दैलेखमा मिनासिंह रखाल तथा सुर्खेत जिल्लामा नवराज रावतलाई निर्वाचन इन्चार्जको जिम्मेवारी दिइएको छ।

एमाले कर्णाली प्रदेश कमिटीले आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार, जनसम्पर्क र निर्वाचन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले इन्चार्जहरू तोकिएको जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

लिप्ने खोलामा पुल निर्माण गर्ने सांसद हर्क साम्पाङको प्रतिबद्धता

सर्केगाड गाउँपालिका वडा नम्बर २ को लिप्ने खोलामा पुल निर्माणका लागि सांसद हर्क साम्पाङले प्रतिबद्धता जनाउनुभएको छ । स्थानीयवासी, जनप्रतिनिधि तथा गाउँका अगुवाहरूले आवतजावतमा सहजता ल्याउन पुल निर्माणको...
हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

हुम्लाका विकास आयोजना प्राथमिकतामा राख्छौँ , मन्त्री मल्ल

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री जितबहादुर मल्लले हुम्लाका विकास निर्माणका कामलाई प्राथमिकतामा राखेर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सङ्घीयताको मर्मअनुसार कर्णाली प्रदेशका १० वटै जिल्लामा प्रदेश...
 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

 चंखेलीमा वाल संरक्षणा कार्यशाला सम्पन्न 

वाल संरक्षण, शिक्षा, स्वास्थ्य, कृषि तथा आयाआर्जन र विपत् व्यवस्थापन गरेर पाँच समुहमा गरिएको छलफलमा पालिकाका जनप्रतिनिधि र कर्मचारीले लिखित रुपमा आप्mना आवश्यकता उल्लेख गर्ने काम गरेको कार्यशालाका...
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...