नेभिगेशन
समाज

एकिकृत सार्वजनिक सुनुवाइमा सेवाग्राहीकै लापरबाहीः ३८ सरकारी कार्यालय मध्ये ८ कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत

सिमकोट

जिल्लाका सबै सरकारी कार्यालयको तर्फबाट आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा सेवागैही कार्यालयकै व्यवास्ता देखिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाइमा भएको एकिकृत सार्वजनिक सुनुवायए कार्यक्रममा सरकारी कार्यालयकै अनपस्थिती देखिएको हो । कार्यालयले गरेको सेवा प्रवाहका बारेमा सार्वजनिक गर्ने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन अयोजना गरिने कार्यक्रममा जिल्लामा भएको ३८ वटा सरकारी कार्यालय भएपनि जम्मा ८ वटा कार्यालयले मात्रै प्रगती विवरण पेश गरेपछि सेवाग्राही नै जिम्मेवार नभएको प्रतिक्रिया आएको छ । सेवाग्राहीको न्यून उपस्थिती रहेको कार्यक्रममा सामाजिक बिकास कार्यालय, राष्ट्रिय कृषि आधिुनिकिकरण परियोजना स्याउ जोन, हिल्सा सिमकोट सडक, पुर्वाधार बिकास कार्यालय, जिल्ला डिभिजन वन कार्यालय, खाद्य, कृषि बिकास कार्यालय र साल्ट ट्रेडिङ कर्पोरेशनले मात्रै आप्mनो प्रस्तुतीकरण गरेका छन् ।

 
कार्यक्रमलाई राजनीतिक दलहरुकातर्फबाट संवोधन गर्दै नेकपा (एमाले)का उपाध्यक्ष प्रकाशबहादुर शाहीले सार्वजनिक सुवुवाईमा कुर्चीमा बस्ने मानिसको आवश्यकता भएको उल्लेख गर्नुभयो । हुम्लामा सञ्चालन भएका सरकारी कार्यालयले उपलब्धी मुलक काम नगरेको यो सार्वजनिक सुनुवाईमा देखिएको उल्लेख गर्दै शाहीले सेवाग्राहीको र कर्मचारीको न्युन उपस्थित हुनु भनेकै प्रमुख जिल्ला अधिकारीको कमि कमजोरी भएको आरोप लगाउनु भएके छ ।

  कार्यक्रमा जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख सरिता रावतले जिल्लाका सेवाग्राही कार्यालयहरुले जिल्ला समन्वय समितिसँग कुनै परामर्श नगरेको आरोप लगाउनुभयो । कार्यालयले योजना र ठेक्काको सम्झौता नगरेको गुनासो गर्दै कार्यालयले आफै धामी आफै डाँग्री हुने प्रवृति रहेको आरोप लगाउनुभयो ।


यसैगरी सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले सार्वजनिक सुनुवाईमा उठेका कुराको टिका टिप्पर्णी गर्ने सेवाग्राही नभएको बताउनु भयो । कुनै योजना दिदा र रमाईला कार्यक्रममा मात्र सेवाग्राहीको उपस्थित हुने र यहाँका पालिका देखि लगेर सरकारी कार्यालयका सार्वजनिक सुनुवाई नागरिक आउनु भनेको दुखको कुरा भएको भण्डारीले बताउनु भयो ।

सार्वजनिक सुनुवाईका अध्यक्ष समेत रहनु भएका प्रमुख जिल्ला अधिकारीले २०६४ सालदेखि नेपालमा धेरै राम्रो काम भएको दावी गर्नुभयो । एकिकृत सार्वजनिक सुनुवाईमा सेवाग्राही नआउनुमा नागरिकमा भर पर्ने कुरा भएको बताउदै कार्यक्रम मार्फत जिल्लाका सरकारी कार्यालयका कर्मचारीले हाजिरी सिस्टममा रहेर काम गर्ने सुझाव दिनुभएको छ । जिल्ला प्रशासन कार्यालयलाई नसोधेर जिल्ला छोडेको खण्डमा सम्बन्धिभत कार्यालयका कर्मचारीसँग आफूले स्पष्टिकरण लिने चेतावनी अधिकारी रेग्मीले दिनुभएके छ ।

जिल्ला प्रसासन कार्यालयको संयोजनमा आयोजना भएको सार्वजनिक सुनुवाई कार्यक्रममा सर्वसाधारणको निकै कम उपस्थिती रहेको थियो भने सेवाग्राही कार्यालयको समेत उत्साजनक उपस्थिती नरहेको बताइएको छ । हरेक सार्वजनिक निकायले आफूले गरेका कामका बारेमन नागरिकलाई प्रत्येक तिन महिनामा सार्वजनिक सुनुवाई गर्नुपर्ने प्रावधन कानूनमा भएपनि हुम्लाका अधिकांश गाउँपालिका र कार्यालयले लामो समयदेखि कागजी रुपमा मात्रै सार्वजनिक सुनुवाई गर्ने गरेको गुनाशो आउने गरेको छ । प्रत्येक कार्यालयले बेग्लाबेग्लै कार्यक्रमको आयोजना गर्नुपर्ने भएपनि एकिकृत रुपमा आयोजना गरेमो कार्यक्रम समेत प्रभावकारी नहनुलाई सार्वजनिक रुपमा अर्थपूण रुपले हेरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सवारी चालक तथा सरोकारवालासँग ट्राफिक सचेतना कार्यक्रम सञ्चालन

सवारी चालक तथा सरोकारवालासँग ट्राफिक सचेतना कार्यक्रम सञ्चालन

हुम्लामा सञ्चालन हुने सवारी चालक तथा सरोकारवालाका लागी ट्राफीक सचेतना सम्बन्धी एक दीने कार्यक्रम सञ्चालन गरिएको छ । आधार नेपाल हुम्लाको आयोजनामा साना तथा मालवाहक सवारी चालकलाई लक्षित...
हुम्लाका सामुदायिक रेडियोहरुको सामुहिक आपत्तिः रेडियो माथिको हुने सिण्डीकेट नमान्ने  

हुम्लाका सामुदायिक रेडियोहरुको सामुहिक आपत्तिः रेडियो माथिको हुने सिण्डीकेट नमान्ने  

विभिन्न सरोकारवाला निकाय र साझेदार संस्थाहरुका विषयवस्तुलाई नागरिक समक्ष पुर्याउदै आएका जिल्लाका सामुदायिक रेडियोहरुलाई विभिन्न बहानामा खबर नगरी तेस्रो पक्षिय रुपमा निर्णय गर्ने गरेको बारेमा गम्भीर आपत्ति जनाएका...
हुम्ला आउने पर्यटकको व्यवस्थापनमा सबैले सहजिकरण गर्ने सर्वपक्षिय बैठकको निर्णय  

हुम्ला आउने पर्यटकको व्यवस्थापनमा सबैले सहजिकरण गर्ने सर्वपक्षिय बैठकको निर्णय  

नेपाल सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा अध्त्मिक र आरोग्य पर्यटनको प्रवद्र्धनको घोषणा गरेलगत्तै बसेको जिल्लाका सरोकारवाला निकायको ठैकले जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकहरुको सहजता र...
हुम्लामा एसईईमा ४७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

हुम्लामा एसईईमा ४७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण

हुम्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा ४७.६६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन । राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको नतिजा अनुसार जिल्लामा सहभागी परीक्षार्थीमध्ये सो प्रतिशत विद्यार्थी...
भर्खरै