नेभिगेशन
समाज

५ सय ९५ सिट म्यादी प्रहरीको लागि ९ सय ३२ जनाको आवेदन अँझै आवेदन दिने समय २ दिन बाँकी

 
सिमकोट

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक ५ सय ९५ जना म्यादी प्रहरीका लागि म्म ९ सय ३२ जनाको आवेलदन परेको छ । म्यादी प्रहरीका लागि आवेदन संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालयले आज पाँचौ दिनसम्म उक्त सख्यामा आवेदन संकलन भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शंकर खड्काले जानकारी दिनुभयो ।  उहाँका अनुसार निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी एकीकृत नेपाल प्रहरी–सशस्त्र प्रहरी बल, नेपाल  कार्यविधि, २०८२ अनुसार शुरु भएको भर्ना प्रक्रिया अन्तरगत उत्तः संख्यामा आवेदन परेको हो । आवेदन दिने समय आगामी माघ १ गतेसम्म भएकाले अँझै आवेदकको संख्या बढ्न सक्ने अनुमान जिल्ला प्रहरी कार्यालय हुम्लाले गरेको छ । जिल्लामा बेरोगार यूवायूवतीहरुको संख्या बढ्दै गएका कारण झण्डै एक हजार बढिको संख्यामा आवेदन दिने गरेको बताइएको हो । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रवक्ता इनिस्पेक्टर विष्णुप्रसाद श्रेष्ठका अनुसार आवेदन दिनेमा ६ सय ६८ जना पुरुष र २ सय ४६ जना महिला रहेका छन् ।  एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा नेपाल प्रहरीतर्फ ५४९ जना र सशस्त्र प्रहरी बलतर्फ ४६ जना गरी कुल ५९५ जना निर्वाचन प्रहरी भर्ना गरिनेछ । आज मंगलबार सम्म ९ सय ३२ जनाले निर्वाचन प्रहरीका लागि आवेदन दर्ता गरेका छन । 
गएको पुस २५ गतेदेखि माघ १ गतेसम्म भर्नाका लागि आवेदन संकलन गरिनेछ । छनोट प्रक्रिया माघ ५ गतेदेखि ९ गतेसम्म सञ्चालन हुने छ । भने अन्तिम नतिजा माघ १२ गते प्रकाशित गरिने प्रहरी कार्यालयका सूचना अधिकारी श्रेष्ठले जानकारी दिनुभयो । छनोट भएका निर्वाचन प्रहरीलाई माघ १५ गतेदेखि २५ गतेसम्म अभ्याससहितको प्रशिक्षण प्रदान गरिने जनाइएको छ । निर्वाचन प्रहरी ४० दिनका लागि भर्ना हुनेछन् । 
आसन्न निर्वाचनमा जिल्लाभर तय गरिएका ६० वटा मतदान स्थल र ६४ वटा मतदान केन्द्रको सुरक्षाका लागि उत्तः म्यादी प्रहरी खटाइने निर्वाचन आयोगले जनाएको छ । आसन्न निर्वाचनमा जिल्लाभर ३४ हजार ३७२ जना मतदाताले मतदान गर्न पाउने भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।