नेभिगेशन
समाज

खार्पुनाथको वडा एकमा पहिलो पटक गाडी पुग्यो, स्थानिय खुसी

सिमकोट

खार्पुनाथ गाउँपालिकाको वडा नम्बर एक लालीमा पहिलो पटक पालिका केन्द्र याङचुबाट सडक सञ्जालमा जोडिएको छ ।  गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले बाजागाजा सहित खुशी मनाएका छन् । गाउँमा गाडी पुर्याउने वर्षौदेखिको सपना पुरा भएकाले स्थानीयले खुशाीयाली मनाएका हुन् । सडक निर्माण कार्य भएको एक वर्षपछि वडा कार्यालयसम्म पहिलो पटक गाउँमा गाडी पुगेको हो । वडा अध्यक्ष जय बहादुर शाही लगायतको टिमको पहलमा यसअघिनैं निर्माण भएको सडकको ममर्त गरेपछि आज पहिलो पटक गाडी पुगेको बताइएको हो ।  

यस अघि निर्माण भएको सडकको ममर्त गरेपछि आज गाडी पुरयाउन सफल भएको खार्पुनाथ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयबहादुर शाहीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारको पुर्वाधार विकास कार्यालय मार्फत गएको वर्ष सडक खन्ने काम भएपछि गाडी पुग्न नसकेको बताउनु भएका वडा अध्यक्ष शाहीले वर्षाको समयमा आएको पानीले भत्केको स्थानमा पुनः मर्मत गरेर गाडी पुगेपछि वडा नम्बर १ का बिरामीलाई थप उपचारका लागि स्वास्थ्य संस्था पुग्न, आवतजावत गर्नका लागि सहज हुने जानकारी दिनुभएको छ ।
 
पहिलो पटक गाउँमा गाडी पुगेपछि आफूहरु निकै खुशी भएको लालीका स्थानीय देविसिंह विष्टले जानकारी दिनुभयो  । गाउँमा गाडी पुगेपछि शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य सबै क्षेत्रमा विकास गर्न सहज हुने उल्लेख गर्नु भएका विष्टले अब जिल्ला सदरमुकाम, पालिका केन्द्र आउजाउ गर्दा हिड्नु पर्ने अवस्थाको अन्त्य हुने जानकारी दिनुभयो  । पालिका केन्द्रसम्म जानका करिब तिन घण्टा बढीको समय खर्चनु बाध्यताबाट गाडि पुगेपछि छुटकारा पाउने ं विष्टले रेडियो कर्णाली आवाजलाई भन्नुभयो

गाउँमा गाडि पुगेपछि वडाका चार सय दुई घरधुरी मध्ये दुई सय  घरधुरी सडकको पहुचमा जोडिएका छन । बाँकी घरधुरी पनि आउने फागुन महिनासम्म सडकको पहुचमा जोडिने भएका छन । पालिका केन्द्रदेखि अधिकांश वडा सडक सञ्जालमा नजोडिएको खार्पुनाथमा वडा केन्द्र सडक पहुँचमा जोडिने पहिलो वडा भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।