नेभिगेशन
समाज

खार्पुनाथको वडा एकमा पहिलो पटक गाडी पुग्यो, स्थानिय खुसी

सिमकोट

खार्पुनाथ गाउँपालिकाको वडा नम्बर एक लालीमा पहिलो पटक पालिका केन्द्र याङचुबाट सडक सञ्जालमा जोडिएको छ ।  गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले बाजागाजा सहित खुशी मनाएका छन् । गाउँमा गाडी पुर्याउने वर्षौदेखिको सपना पुरा भएकाले स्थानीयले खुशाीयाली मनाएका हुन् । सडक निर्माण कार्य भएको एक वर्षपछि वडा कार्यालयसम्म पहिलो पटक गाउँमा गाडी पुगेको हो । वडा अध्यक्ष जय बहादुर शाही लगायतको टिमको पहलमा यसअघिनैं निर्माण भएको सडकको ममर्त गरेपछि आज पहिलो पटक गाडी पुगेको बताइएको हो ।  

यस अघि निर्माण भएको सडकको ममर्त गरेपछि आज गाडी पुरयाउन सफल भएको खार्पुनाथ गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयबहादुर शाहीले जानकारी दिनुभयो । कर्णाली प्रदेश सरकारको पुर्वाधार विकास कार्यालय मार्फत गएको वर्ष सडक खन्ने काम भएपछि गाडी पुग्न नसकेको बताउनु भएका वडा अध्यक्ष शाहीले वर्षाको समयमा आएको पानीले भत्केको स्थानमा पुनः मर्मत गरेर गाडी पुगेपछि वडा नम्बर १ का बिरामीलाई थप उपचारका लागि स्वास्थ्य संस्था पुग्न, आवतजावत गर्नका लागि सहज हुने जानकारी दिनुभएको छ ।
 
पहिलो पटक गाउँमा गाडी पुगेपछि आफूहरु निकै खुशी भएको लालीका स्थानीय देविसिंह विष्टले जानकारी दिनुभयो  । गाउँमा गाडी पुगेपछि शिक्षा, स्वास्थ्य, कृषि लगायतका अन्य सबै क्षेत्रमा विकास गर्न सहज हुने उल्लेख गर्नु भएका विष्टले अब जिल्ला सदरमुकाम, पालिका केन्द्र आउजाउ गर्दा हिड्नु पर्ने अवस्थाको अन्त्य हुने जानकारी दिनुभयो  । पालिका केन्द्रसम्म जानका करिब तिन घण्टा बढीको समय खर्चनु बाध्यताबाट गाडि पुगेपछि छुटकारा पाउने ं विष्टले रेडियो कर्णाली आवाजलाई भन्नुभयो

गाउँमा गाडि पुगेपछि वडाका चार सय दुई घरधुरी मध्ये दुई सय  घरधुरी सडकको पहुचमा जोडिएका छन । बाँकी घरधुरी पनि आउने फागुन महिनासम्म सडकको पहुचमा जोडिने भएका छन । पालिका केन्द्रदेखि अधिकांश वडा सडक सञ्जालमा नजोडिएको खार्पुनाथमा वडा केन्द्र सडक पहुँचमा जोडिने पहिलो वडा भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
५ सय ९५ सिट म्यादी प्रहरीको लागि ९ सय ३२ जनाको आवेदन अँझै आवेदन दिने समय २ दिन बाँकी

५ सय ९५ सिट म्यादी प्रहरीको लागि ९ सय ३२ जनाको आवेदन अँझै आवेदन दिने समय २ दिन बाँकी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक ५ सय ९५ जना म्यादी प्रहरीका लागि म्म ९ सय ३२ जनाको आवेलदन परेको छ ।
एकिकृत सार्वजनिक सुनुवाइमा सेवाग्राहीकै लापरबाहीः ३८ सरकारी कार्यालय मध्ये ८ कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत

एकिकृत सार्वजनिक सुनुवाइमा सेवाग्राहीकै लापरबाहीः ३८ सरकारी कार्यालय मध्ये ८ कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत

कार्यालयले गरेको सेवा प्रवाहका बारेमा सार्वजनिक गर्ने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन अयोजना गरिने कार्यक्रममा जिल्लामा भएको ३८ वटा सरकारी कार्यालय भएपनि जम्मा ८ वटा कार्यालयले मात्रै प्रगती...
हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

हुम्लाका सरकारी कार्यालयको सयुक्त रुपमा शुक्रबार सार्वजनिक सुनुवाई हुने

सामाजिक विकास कार्यालय, पूर्वधार विकासक कार्यालय, राष्ट्यि कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन इकाई (स्याउजोन), खानेपानी, सिचाई तथा उर्जा विकास कार्यालय र कर्णाली करिडोर उत्तर खण्ड हिल्सा सिमकोट सडक योजना,...
मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

मौषममा आएको पविर्तनले जाडो बढ्योः कार्यालयमा आगो ताप्दै नागकिलाई सेवा दिदै

लामो समय खडेरी परेको वेला आजदेखि मौशममा फेरबदल आएको छ । सोमबार राती देखि जिल्ला सदरमुकाम सिमकोट लगायतका क्षेत्रमा आएको मौशममा परिवर्तन आएका कारण जिल्लामा निकै जाडो बढेको...
भर्खरै