नेभिगेशन
समाज

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

सिमकोट

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि हुम्लामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस निलकण्ठ पराजुलीले कार्यालयको उद्घाटन गर्दै निर्वाचन आयोगको कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया अघि बढाइने जानकारी दिनुभएको छ ।
उहाँले निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने विश्वास दिलाउँदै त्यसका लागि राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी र सर्वसाधारण सबैको सहयोग अपरिहार्य रहेको बताउनुभएको छ ।
एक कार्यक्रमका बीच मुख्य निर्वाचन अधिकृत पराजुलीले कार्यालय उद्घाटन गर्नुभएको हो । मुख्य निर्वाचन कार्यालय जिल्ला अदालत भित्रै स्थापना गरिएको छ ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत पराजुलीले आफ्नो समापन मन्तव्यमा निर्वाचन कार्यमा सबै पक्षको सहयोगका लागि आग्रह गरेका थिए । मनोनयन दर्ता गर्ने मिति माघ ६ गतेबाट हुने े जानकारी दिनुभएको छ । 

उहाँले निर्वाचन सामूहिक रूपमा गरिने कार्य भएको उल्लेख गर्दै यसलाई सफलतापूर्वक सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आजबाट औपचारिक रूपमा निर्वाचन सम्बन्धी कार्यक्रमहरू उक्त कार्यालयबाट सञ्चालन जानकारी दिनुभएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मी, सुरक्षा निकायका प्रमुख लगायतको उपस्थिती रहेको थियो ।
 जिल्ला निर्वाचन कार्यालयका प्रमुख भिम बहादुर रोकायाले निर्वाचन कार्यालय स्थापनापछि निर्वाचनसम्बन्धी प्रक्रियाका सबै काम निर्वाचन अधिकृतको कार्यालयबाट हुने बताउनु भएको छ । हुम्ला जिल्लामा जम्मा मतदाता संख्या ३४ हजार ३ सय ७२ जना रहेको बताउनु भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।