नेभिगेशन
समाज

२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो


सिमकोट

हुम्लाको सदरमुकाम सिमकोटमा शुक्रबार कृतिम अभ्यास (डेमो) प्रदर्शन गरी २८ औं भूकम्प सुरक्षा दिवस मनाएको छ ।
ससत्र प्रहरी बल गुल्म रानीवन ब्यारेकको आयोजनामा सिमकोटको सिम क्षेत्रम जनचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले भूकम्पमा आधारित कृतिम अभ्यास गरी यो दिवस मनाएको जानकारी प्राप्त भएको छ ।


तीनवटै सुरक्षाकर्मीले भूकम्प आउँदा कसरी बच्ने, भूकम्प आइसकेपछि कसरी बच्च सकिन्छ, खोज, उद्धार र राहत, हिमपहिरो र आगलागी हुदा आगो कसरी नियन्त्रण गर्ने, तत्काल कोलाई खबर गर्ने लगायतका विषयमा कृतिम अध्यास गरेको रानिबन ब्यारेक गुल्मका गुल्मपति हरिबाबु श्रेष्ठले जानकारी दिनुभएको छ । २०५५ सालदेखि वि.सं. १९९० सालको महा भूकम्पको स्मृतिमा माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ । 


भुकम्प आउदा घरभित्र रहदा सुरक्षित बाहिर कसरी निस्कने,घाईतेले आफु घरभित्र फसेको कसरी जानकारी गराउने लगाएतका अभ्यासको बारेमा सिकाइएको थियो भने सुरक्षाकर्मीले घाईतेको नजिकैको स्वास्थ्य चौकीमा पर्यायने काम गरेको डेमो प्रदशनबाट देखाएको थियो । सिमकोट गाउँपालिकाको वडा नम्बर पाँचको बजारमा रहेको नमुना पात्र विगम्भ ठाकुरको घरमा आगलागी भएको र आगलागी हुने वित्तिकै प्रहरी चौकीलाई खबर गरी आगो नियन्त्रण ल्याएको थियो । आगलागीमा परेकाको उद्धार समेत गरिएको थियो भने घाईतेलाई घरेलु उगचार गरी स्वास्थ्य चौकीमा पुर्याउने काम गरेको थियो । यो सँगै जुनसुकै विपद हुदा प्रयोग गरिने सामान जस्तै रक हेलमेट,स्टाफ बेल्ट,स्नो वुट, क्रामपोन्च, प्रोसिक,आईस पिटन,क्याराविनर लगाएका सामाग्रीको बारेमा प्रस्ट पार्ने काम गरेको गुल्मपति श्रेष्ठले बताउनु भएको छ ।


भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले यो डेमो प्रदर्शन्न गरेकोमा तिन वटै सुरक्षा निकायलाई धन्यवाद दिनुभएको छ । विपदमा तिनवटै निकायले सचेत हुन जरुरी भएको बताउनु भएको छ । तिनवटै निकाय, नागरिक समाज मुख दर्शक भएर उभिनु भन्दा उद्धार कार्यमा खटिन आवश्यक भएको अध्यक्ष भण्डारीले बताउनु भएको छ ।

सबै नागरिकको तयारी भुकम्प उत्थानशिल नेपाल अबको जिम्मेवारी नाराको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले हुम्ला भर्खर राष्टिय सडक संजालसँग जोडिएकाले बिकास सँगै विपदका घटना आउने हुदा सचेत हुन आग्रह गर्नुभएको छ ।.

डेमो प्रदर्शन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, तिन वटै सुरक्षा निकायका सुरक्षाकर्मी, सरकारी कार्यालयका प्रमुख, राजनितिक दल, पत्रकार र स्थानियको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।