नेभिगेशन
समाज

२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो


सिमकोट

हुम्लाको सदरमुकाम सिमकोटमा शुक्रबार कृतिम अभ्यास (डेमो) प्रदर्शन गरी २८ औं भूकम्प सुरक्षा दिवस मनाएको छ ।
ससत्र प्रहरी बल गुल्म रानीवन ब्यारेकको आयोजनामा सिमकोटको सिम क्षेत्रम जनचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले भूकम्पमा आधारित कृतिम अभ्यास गरी यो दिवस मनाएको जानकारी प्राप्त भएको छ ।


तीनवटै सुरक्षाकर्मीले भूकम्प आउँदा कसरी बच्ने, भूकम्प आइसकेपछि कसरी बच्च सकिन्छ, खोज, उद्धार र राहत, हिमपहिरो र आगलागी हुदा आगो कसरी नियन्त्रण गर्ने, तत्काल कोलाई खबर गर्ने लगायतका विषयमा कृतिम अध्यास गरेको रानिबन ब्यारेक गुल्मका गुल्मपति हरिबाबु श्रेष्ठले जानकारी दिनुभएको छ । २०५५ सालदेखि वि.सं. १९९० सालको महा भूकम्पको स्मृतिमा माघ २ गतेलाई भूकम्प सुरक्षा दिवसको रुपमा मनाउने गरिन्छ । 


भुकम्प आउदा घरभित्र रहदा सुरक्षित बाहिर कसरी निस्कने,घाईतेले आफु घरभित्र फसेको कसरी जानकारी गराउने लगाएतका अभ्यासको बारेमा सिकाइएको थियो भने सुरक्षाकर्मीले घाईतेको नजिकैको स्वास्थ्य चौकीमा पर्यायने काम गरेको डेमो प्रदशनबाट देखाएको थियो । सिमकोट गाउँपालिकाको वडा नम्बर पाँचको बजारमा रहेको नमुना पात्र विगम्भ ठाकुरको घरमा आगलागी भएको र आगलागी हुने वित्तिकै प्रहरी चौकीलाई खबर गरी आगो नियन्त्रण ल्याएको थियो । आगलागीमा परेकाको उद्धार समेत गरिएको थियो भने घाईतेलाई घरेलु उगचार गरी स्वास्थ्य चौकीमा पुर्याउने काम गरेको थियो । यो सँगै जुनसुकै विपद हुदा प्रयोग गरिने सामान जस्तै रक हेलमेट,स्टाफ बेल्ट,स्नो वुट, क्रामपोन्च, प्रोसिक,आईस पिटन,क्याराविनर लगाएका सामाग्रीको बारेमा प्रस्ट पार्ने काम गरेको गुल्मपति श्रेष्ठले बताउनु भएको छ ।


भूकम्प सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले यो डेमो प्रदर्शन्न गरेकोमा तिन वटै सुरक्षा निकायलाई धन्यवाद दिनुभएको छ । विपदमा तिनवटै निकायले सचेत हुन जरुरी भएको बताउनु भएको छ । तिनवटै निकाय, नागरिक समाज मुख दर्शक भएर उभिनु भन्दा उद्धार कार्यमा खटिन आवश्यक भएको अध्यक्ष भण्डारीले बताउनु भएको छ ।

सबै नागरिकको तयारी भुकम्प उत्थानशिल नेपाल अबको जिम्मेवारी नाराको उल्लेख गर्दै प्रमुख जिल्ला अधिकारी टेक कुमार रेग्मीले हुम्ला भर्खर राष्टिय सडक संजालसँग जोडिएकाले बिकास सँगै विपदका घटना आउने हुदा सचेत हुन आग्रह गर्नुभएको छ ।.

डेमो प्रदर्शन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, तिन वटै सुरक्षा निकायका सुरक्षाकर्मी, सरकारी कार्यालयका प्रमुख, राजनितिक दल, पत्रकार र स्थानियको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि हुम्लामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस निलकण्ठ पराजुलीले कार्यालयको...
खार्पुनाथको वडा एकमा पहिलो पटक गाडी पुग्यो, स्थानिय खुसी

खार्पुनाथको वडा एकमा पहिलो पटक गाडी पुग्यो, स्थानिय खुसी

गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले बाजागाजा सहित खुशी मनाएका छन् । गाउँमा गाडी पुर्याउने वर्षौदेखिको सपना पुरा भएकाले स्थानीयले खुशाीयाली मनाएका हुन् । सडक निर्माण कार्य भएको...
५ सय ९५ सिट म्यादी प्रहरीको लागि ९ सय ३२ जनाको आवेदन अँझै आवेदन दिने समय २ दिन बाँकी

५ सय ९५ सिट म्यादी प्रहरीको लागि ९ सय ३२ जनाको आवेदन अँझै आवेदन दिने समय २ दिन बाँकी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक ५ सय ९५ जना म्यादी प्रहरीका लागि म्म ९ सय ३२ जनाको आवेलदन परेको छ ।
एकिकृत सार्वजनिक सुनुवाइमा सेवाग्राहीकै लापरबाहीः ३८ सरकारी कार्यालय मध्ये ८ कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत

एकिकृत सार्वजनिक सुनुवाइमा सेवाग्राहीकै लापरबाहीः ३८ सरकारी कार्यालय मध्ये ८ कार्यालयको प्रगति प्रतिवेदन प्रस्तुत

कार्यालयले गरेको सेवा प्रवाहका बारेमा सार्वजनिक गर्ने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन अयोजना गरिने कार्यक्रममा जिल्लामा भएको ३८ वटा सरकारी कार्यालय भएपनि जम्मा ८ वटा कार्यालयले मात्रै प्रगती...
भर्खरै