नेभिगेशन
समाज

कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

सिमकोट

कृषकले व्यहोर्नु पर्ने ५० प्रतिशत रकम जोहो गर्न नसक्ने भएपछि राष्ट्यि कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाईको आर्थिक वर्ष २०८२÷८३ लागी छनोट भएकोे एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती देपखएको छ । 


जिल्लाका कृषि फोम, सहकारी संस्था र निजि कृषक समुहले एचडिपी स्याउका विरुवाको लागी ५० प्रतिशत लगानी गर्न सक्ने अवस्था न्युन भएका कारण एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती देखिएको राष्ट्यि कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाईका निमित्त कार्यालय प्रमुख उमेश फडेराले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्ष  जिल्लाका लागि करिब १७ लाखको बजेट विनियोजन गरेको भएपनि कृषकले उक्त रकम जोहो गर्न नसक्ने भएपछि अहिलेसम्म कार्यक्रम कार्यान्वयन हुन नसकेको हो  । 


कार्यालयमा सुचिकृत तथा प्रस्तावना पेस गरेका कुषि समुह, सहकारी संस्था र निजि कृषि फोमले ५० प्रतिशत र कार्यालयले ५० प्रतिशत बेहोर्ने हुदा किसानले सम्झौता गर्न आएको तर ५० प्रतिशत रकम बेहोर्न नसक्ने भएका कारण कुनैपनि प्रस्तावकले अहिलेसम्म सम्झौता नगरेको निमित्त कार्यालय प्रमुख फडेराले बताउनु भएको । एचडिपी स्याउ जिल्ला बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने हुदा ढुवानीमा पनि महङगो हुने गरेको छ । एक स्याउको विरुवाको करिब ११ सय सम्म पर्ने गरेको छ । कार्यालयले जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली लगायत पाँच वटा गाउँपालिकालाई समेटेर काम गर्दै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

ससत्र प्रहरी बल गुल्म रानीवन ब्यारेकको आयोजनामा सिमकोटको सिम क्षेत्रम जनचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले भूकम्पमा आधारित...
हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि हुम्लामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस निलकण्ठ पराजुलीले कार्यालयको...
खार्पुनाथको वडा एकमा पहिलो पटक गाडी पुग्यो, स्थानिय खुसी

खार्पुनाथको वडा एकमा पहिलो पटक गाडी पुग्यो, स्थानिय खुसी

गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले बाजागाजा सहित खुशी मनाएका छन् । गाउँमा गाडी पुर्याउने वर्षौदेखिको सपना पुरा भएकाले स्थानीयले खुशाीयाली मनाएका हुन् । सडक निर्माण कार्य भएको...
५ सय ९५ सिट म्यादी प्रहरीको लागि ९ सय ३२ जनाको आवेदन अँझै आवेदन दिने समय २ दिन बाँकी

५ सय ९५ सिट म्यादी प्रहरीको लागि ९ सय ३२ जनाको आवेदन अँझै आवेदन दिने समय २ दिन बाँकी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक ५ सय ९५ जना म्यादी प्रहरीका लागि म्म ९ सय ३२ जनाको आवेलदन परेको छ ।
भर्खरै