नेभिगेशन
समाज

कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

सिमकोट

कृषकले व्यहोर्नु पर्ने ५० प्रतिशत रकम जोहो गर्न नसक्ने भएपछि राष्ट्यि कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाईको आर्थिक वर्ष २०८२÷८३ लागी छनोट भएकोे एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती देपखएको छ । 


जिल्लाका कृषि फोम, सहकारी संस्था र निजि कृषक समुहले एचडिपी स्याउका विरुवाको लागी ५० प्रतिशत लगानी गर्न सक्ने अवस्था न्युन भएका कारण एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती देखिएको राष्ट्यि कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाईका निमित्त कार्यालय प्रमुख उमेश फडेराले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्ष  जिल्लाका लागि करिब १७ लाखको बजेट विनियोजन गरेको भएपनि कृषकले उक्त रकम जोहो गर्न नसक्ने भएपछि अहिलेसम्म कार्यक्रम कार्यान्वयन हुन नसकेको हो  । 


कार्यालयमा सुचिकृत तथा प्रस्तावना पेस गरेका कुषि समुह, सहकारी संस्था र निजि कृषि फोमले ५० प्रतिशत र कार्यालयले ५० प्रतिशत बेहोर्ने हुदा किसानले सम्झौता गर्न आएको तर ५० प्रतिशत रकम बेहोर्न नसक्ने भएका कारण कुनैपनि प्रस्तावकले अहिलेसम्म सम्झौता नगरेको निमित्त कार्यालय प्रमुख फडेराले बताउनु भएको । एचडिपी स्याउ जिल्ला बाहिरबाट खरिद गरेर ल्याउनुपर्ने हुदा ढुवानीमा पनि महङगो हुने गरेको छ । एक स्याउको विरुवाको करिब ११ सय सम्म पर्ने गरेको छ । कार्यालयले जिल्लाका नाम्खा, सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली लगायत पाँच वटा गाउँपालिकालाई समेटेर काम गर्दै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

महताराले रेडियो कर्णाली आवाजको कार्यक्रम संयोजकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँले साप्ताहिक रेडियो कार्यक्रम 'हाम्रो पालिका', 'वाल आावाज', 'महिला आवाज', 'कचहरी कार्यक्रम' र समाचारको संयोजन गर्नुहुन्छ । 

थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।