नेभिगेशन
समाज

निर्वाचन आचारसंहिता लागु, उम्मेरदवार मनोनयनमा दश वटा झण्डा र २५ जनाको मात्रै सहभागिता गराउने


सिमकोट

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आइतबार राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागु भएको छ । निर्वाचन आयोगले आइतबार रातिदेखि आचारसंहिता लागु गर्ने गरी निर्णय गरेको हो । राष्ट्रिय सभा निर्वाचनसमेतका लागि आचारसंहिता लागु गर्नुपर्ने अवस्थाका कारण साबिक भन्दा यो पटक केही छिटो आचारसंहिता लागु भएको छ्े । निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम आयोगले आचारसंहिता लागु गरेको हो । आयोगले अर्को सूचनाबाट खारेज नगरेसम्म आचारसंहिता लागु हुने छ । 
हुम्लाका मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार हुम्लामा कुनैपनि राजनितिक दलले १० वडा झण्डा भन्दा बढी प्रयोग गर्न नपाइने र कुनै र्यालीमा २५ जनाको मात्र सहभागिता गराउनु पर्ने बताउनु भएको छ ।

आयोगबाट जारी आचारसंहिता नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह तथा अर्धसरकारी संस्था एवं कर्मचारी, संवैधानिक निकाय, सुरक्षा निकाय र निर्वाचनमा संलग्न कर्मचारीलाई लागु हुने छ । यस्तै राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित व्यक्तिलाई आचारसंहिता लागु हुने छ । सञ्चार प्रतिष्ठान, सोका कर्मचारी तथा सञ्चारकर्मी र अनुगमनकर्ता तथा पर्यवेक्षकलाई पनि आचारसंहिता लागु हुने छ । निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी, विकास साझेदार संस्था, सामुदायिक विद्यालय, विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारीलाई पनि आचारसंहिता लागु हुने छ । 


आयोगबाट जारी आचारसंहिता प्रदेश सरकारका निकाय र सो निकायका पदाधिकारी, स्थानीय कार्यपालिका र सोका सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारीलाई लागु हुने छ । सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाको कार्यालय र कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ सङ्गठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि तथा मतगणना प्रतिनिधिलाई पनि आचारसंहिता लागु हुने छ ।

सार्वजनिक पद धारण गरेको व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, निजी तथा गैरसरकारी संस्था, सोका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय, सोका शिक्षक तथा कर्मचारी र मतदातालाई पनि लागु हुने छ ।
आचारसंहिता उल्लङ्घन गरेमा आयोगले निर्वाचन आयोग ऐन, २०७३ दफा २३ बमोजिम एक लाख रुपियाँसम्म जरिबाना गर्न तथा उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था गरिएको छ । यस्तै निर्वाचन कसुर मानिने कार्यको हकमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम कारबाही हुने मुख्य निर्वाचन अधिकृत बरालले जानकारी दिनुभएको छ 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

कृषकले व्यहोर्नु पर्ने ५० प्रतिशत रकम जोहो गर्न नसक्ने भएपछि राष्ट्यि कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाईको आर्थिक वर्ष २०८२÷८३ लागी छनोट भएकोे एचडिपी स्याउ बगैचा स्थापनाका लागी...
२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

२८ औ राष्टिय भुकम्प दिवस, हुम्लामा डेमो प्रदर्शन गरी मनाइयो

ससत्र प्रहरी बल गुल्म रानीवन ब्यारेकको आयोजनामा सिमकोटको सिम क्षेत्रम जनचेतनामूलक कार्यक्रम गरी भूकम्प सुरक्षा दिवस मनाइएको हो । नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीले भूकम्पमा आधारित...
हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

हुम्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि हुम्लामा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस निलकण्ठ पराजुलीले कार्यालयको...
खार्पुनाथको वडा एकमा पहिलो पटक गाडी पुग्यो, स्थानिय खुसी

खार्पुनाथको वडा एकमा पहिलो पटक गाडी पुग्यो, स्थानिय खुसी

गाउँमा पहिलो पटक गाडी पुगेपछि स्थानीयले बाजागाजा सहित खुशी मनाएका छन् । गाउँमा गाडी पुर्याउने वर्षौदेखिको सपना पुरा भएकाले स्थानीयले खुशाीयाली मनाएका हुन् । सडक निर्माण कार्य भएको...
भर्खरै