नेभिगेशन
समाज

निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

सिमकोट
 
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले थालेको भर्ना अभियानको फिजिकल तर्फ एक हजार ५२ जना उत्रिर्ण भएका छन् । एक सातादेखि शुरु भएको शारिरिक परिक्षणमा फारम भरेका एक हजार २ सय १६ जना मध्ये एक हजार ५२ जना मात्रै लिखित परिक्षाका लागि योग्य भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 


उहाँका अनुसार हिजो प्रकाशित गरेको प्रारम्भीक सूचिमा सहभागि भएका आवेदकहरुका लागि आजै जिल्ला प्रहरी कार्यालयले लिखित परिक्षा लिएको छ । जिल्लाका लागि आवश्यक ५ सय ९४ सिटका लागि नेपाली प्रहरीले छनोट प्रक्रिया अघि बढाएको छ । आज लिएको लिखित परिक्षाको नतिजा भोली बिहानसम्म प्रकाशन गरेर त्यसपछि मौखिक परिक्षा सञ्चालन गर्ने जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । गाउँमा यूवाहरु माझ बढ्दै गएको बेरोजगार समस्याका कारण यो वर्ष माग भन्दा झण्डै तेब्बरको संख्यामा यूवाहरुले आवेदन भरेका थिए । शारिरिक रुपमा तौल, नाप तथा अन्य शारिरिक तन्दुरुस्तीका आधारमा एक हजार ५२ जनाको नाम छनोट गरिएको हो  । 


 निर्वाचन प्रहरीका लागि हुम्लाबाट कुल १ हजार २ सय १६ जनाले आवेदन दिएका थिए । तीमध्ये प्रारम्भिक स्वास्थ्य परीक्षण र शारीरिक सहनशीलता परीक्षाबाट १६२ जना अनुत्तीर्ण भएको सुचना अधिकारी श्रेष्ठले बताउनु भएको छ । उहाका अनुसार, प्रारम्भिक चरणमा उत्तीर्ण भएका उम्मेदवारहरूको लिखित परीक्षा माघ ८ गते बिहान ११ बजेबाट भएको हो । परीक्षा सिमकोट गाउँपालिका–५ मा रहेको सिमस्थित खेलमैदानमा सञ्चालन गरिएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
असार मसान्तसम्म २ हजार क्विन्टल खाद्यान्नमा सहुलियत, पहिलो दिनमै २९३ क्विन्टल बिक्री ।।

असार मसान्तसम्म २ हजार क्विन्टल खाद्यान्नमा सहुलियत, पहिलो दिनमै २९३ क्विन्टल बिक्री ।।

नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय हुम्लाले असार मसान्तसम्मका लागि २ हजार क्विन्टल खाद्यान्न सहुलियत मूल्यमा बिक्री–वितरण सुरु गरेको छ । कार्यालयले स्टिम जिरा मसिनो...
नाम्खाले ल्यायो ३५ करोड ३२ लाख १५ हजार ८८८ रुपैयाँ २० पैसा बराबरको बजेट

नाम्खाले ल्यायो ३५ करोड ३२ लाख १५ हजार ८८८ रुपैयाँ २० पैसा बराबरको बजेट

हुम्लाको नाम्खा गाउँपालिकाले आर्थिक वर्ष २०८३÷०८४ का लागि ३५ करोड ३२ लाख १५ हजार ८ सय ८८ रुपैयाँ २० पैसा बराबरको बजेट सार्वजनिक गरेको छ।
सिमकोट गाउँपालिकाको ल्यायो ६४ करोड ९५ लाख २८ बजार बजेट ।।

सिमकोट गाउँपालिकाको ल्यायो ६४ करोड ९५ लाख २८ बजार बजेट ।।

सदरमुकाम समेत रहेको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ६४ करोड ९५ लाख २८ हजार बराबरको बजेट ल्याएको छ । बुधबार गाउँपालिकाले आयोजना गरेको तेहौं गाउँसभामा...
तिन दिनदेखि १५ वर्षिय किशोर बेपत्ता, खोजी कार्य गरिदिन परिवारको अपिल

तिन दिनदेखि १५ वर्षिय किशोर बेपत्ता, खोजी कार्य गरिदिन परिवारको अपिल

तिन दिनदेखि एक जना १५ वर्षका किशोर बेपत्ता भएका छन । हुम्लाको सर्केगाड गाउँपालिका वडा नम्बर २ रिपका स्थानिय बासिन्दा माग्लु कार्कीका १५ वर्षका छोरा माउन्टेन कार्की हराएको...
भर्खरै